२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

टी-२० इन्टरनेशनलको अलराउन्डर वरीयतातर्फ ऐरीको स्थान खस्कियो

आईसिसी टी–२० इन्टरनेशनलको अलराउन्डर वरीयतातर्फ नेपालका दिपेन्द्रसिंह ऐरी एक  स्थान तल झरेका छन्।

गत शनिवार सम्पन्न आईसिसी टी–२० विश्वकप क्रिकेटपछि इन्टरनेशल क्रिकेट काउन्सिलले बुधवार जारी गरेको अलराउन्डर वरीयतातर्फ ऐरी एक स्थान तल झरेका हुन्। यसअघि उनी ६ औँ स्थानमा थिए। उनको १९९ अङ्क रहेको छ।

त्यस्तै आईसिसी टी–२० इन्टरनेशनलको अलराउन्डर वरीयतातर्फ हार्दिक पाण्ड्या शीर्ष स्थानमा उक्लेका छन्। श्रीलङ्काका वानिन्दु हसरङ्गालाई पछि पार्दै उनी शीर्ष स्थानमा उक्लेका हुन्। हार्दिकको २२२ अङ्क रहेको छ। हार्दिक यसअघि सातौँ स्थानमा थिए। हालै सम्पन्न विश्वकपबाट ठूलो फड्को मार्दै उनी शीर्ष स्थानमा उक्लेका हुन्।

त्यस्तै हसरङ्गा दोस्रो स्थानमा छन् भने अस्ट्रेलियाका मार्कस स्टोइनिस तेस्रो स्थानमा रहेका छन्।

जिम्बावेका सिकन्दर राजा चौथो, बङ्गलादेशका शाकिब अल हसन पाँचौ, अफगानिस्तानका मोहम्मद नबी छैटौं स्थानमा रहेका छन्।

प्रकाशित: २० असार २०८१ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App