२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा मानव अधिकार उल्लङ्घनका घटना उस्तै, छ महिनामा ४२ हिंसाका घटना

चितवन जिल्लामा मानवअधिकार सम्बन्धी उल्लङ्घनका घट्नाहरु उस्तै रहेका छन्। जवरजस्ती करणी, बलत्कार, हत्या, बाल यौन दुव्र्यबहार, बहु बिबाह, मानव बेचबिखन जस्ता कार्यहरु अझै घट्न सकेका छैनन्।

औनपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनका अनुसार, पछिल्लो छ महिनामा मात्रै जिल्लामा ४२ वटा यस्ता हिंसाका घट्ना घटेको तथ्यांक सार्वजनिक गरेको छ।

बुधबार भरतपुरमा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५को अर्ध वार्षिक समिक्षा कार्यक्रममा इन्सेकलले सन् २०२३मा जिल्लामा एक सय १४ वटा घट्ना घटेको जानकारी दिएको छ।

इन्सेस चितवनका प्रतिनिधि दिपेन्द्र अघिकारी अनुसार, पछिल्लो छ महिनामा जवरजस्ती करणी र बाल यौन दुव्र्यबहारका घट्ना बढी भएका छन्। यो छ महिनाको अवधिमा १७ वटा घट्ना जवरजस्ती करणीका भएका छन्। त्यसमध्ये सबैभन्दा पीडित बालिका बढी छन्। ११ जना बालिका जवरजस्तीकरणीमा परेका छन् भने ६ जना महिला रहेका छन्।

अघिल्लो वर्ष ४३ वटा घट्ना जबरजस्तीकरणीका भएका थिए। यो छ महिनामा १३ जना बालिकालाई यौन दुव्र्यबहार भएको उनले जानकारी दिए। २ जनालाई बलात्कारको प्रयास भएको छ। बहुविवाह ७, हत्या ३ र मानव बेचबिखनका घट्ना १ वटा भएको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ।

यस वर्ष जिल्लामा अपहरण, जातीय भेदभाव, बालविवाहका घटना भएका छैनन्। इन्सेकले जिल्ला प्रहरी कार्यालय, पीडित, सरकारी वकिल कार्यालय र जिल्ला अदालत कार्यालयबाट सूचना लिएर आफ्नो प्रतिवेदन बनाउने गर्दछ।

प्रकाशित: २० असार २०८१ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App