हिमरश्मि स्कुलले आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत सिनियर गर्ल्स फुटसलको उपाधि आफ्नो बनाएको छ।
तार्केश्वर नगरपालिकाको गोल्ढुङगास्थित सिर्जनाज्ञानसागरमा शनिबारसम्पन्न फाइनलमा हिमरश्मिले सिर्जना ज्ञान सागरलाई २-० गोलले पराजित गर्यो।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा न्यु एरा एकेडेमी र प्रगति मावि तेस्रो भए।सिनियर ब्वाइज फुटसलमा पनि क्वार्टरफाइनल समीकरण तयार भएको छ। सेक्रेड हार्टले मनास्लु, न्यु एराले सिर्जना ज्ञानसागर, एन्जल्स हार्टले सेब र प्रगतिले न्युटन विरुद्ध खेल्नेछन्।
ब्वाइज भलिबलमा न्युटन, सेक्रेड हार्ट, हिमरश्मि र सेब सेमिफाइनलमा प्रवेश गरेका छन्। सिनियर ब्वाइज फुटसल र ब्वाइज भलिबल शेषमतिस्थित सेक्रेड हार्टमा भइरहेको छ। दुवैको फाइनल आइतबार हुने ओप्सका इसीए विभाग प्रमुख राजेश रायमाझीले जनाएका छन्।
खेलकुद महोत्वसअन्तर्गत एथलेटिक्स र ब्याडमिन्टनको प्रतिस्पर्धा सम्पन्न भइसकेको छ। एथ्लेटिक्समा कौशल तथा व्याडमिन्टनमा हिमरश्मि च्याम्पियन बनेका थिए।
प्रकाशित: २७ पुस २०८२ ०८:३० आइतबार





