२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

अस्ट्रेलियन ओपनः जोकोभिच इतिहास रच्न असफल, अल्कारेजलाई उपाधि

अस्ट्रेलियन ओपन टेनिसको उपाधि शीर्ष वरीयाताका स्पेनी कार्लोस अल्कारेजले जितेका छन् । आइतबार भएको फाइनलमा चौथो वरीयाताका नोभाक जोकोभिचलाई ३-१ को सेटमा हराउँदै स्पेनी अल्कारेजले उपाधि उचालेका हुन् ।  

पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेपनि सर्बियन जोकोभिच सोपछिका सेटमा फर्कन सकेनन् । अल्कारेजले सोपछिका सेट ६-२, ६-३ र ७-५ ले आफ्नो पक्षमा पार्दै पुरुष एकलतर्फको उपाधिमा आफ्नो नाम लेखाए ।  

हारसँगै ग्रान्डस्लाम टेनिसको उपाधिमा कीर्तिमान बनाउने अवसरबाट जोकोभिच चुके । २४ ग्रान्डस्लामको उपाधि जितेका उनले थप एक उपाधिमा आफ्नो नाम लेखाए सबैभन्दा धेरै उपाधि जित्ने सूचीमा आफ्नो नाम लेखाउने थिए ।  

महिला एकलतर्फ मार्गरेट कोर्टको नाममा समेत २४ ग्रान्डस्लाम उपाधिको कीर्तिमान छ । पुरुषतर्फ भने स्पेनका राफेयल नाडालले २२ र स्विजरल्यान्डका रोजर फेडेररले २० ग्रान्डस्लाम उपाधि जितेका छन् । महिला तर्फ मार्गरेटपछि अमेरिकाकी सेरेना विलिएम्सले २३ उपाधिमा आफ्नो नाम लेखाएकी छन् ।

प्रकाशित: १८ माघ २०८२ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App