१ आश्विन २०८१ मंगलबार
image/svg+xml

चुनावसँंगै नगरकोट सडक बनाउन तातिए दलहरु

चुनावसँंगै भक्तपुरका राजनीतिक दलका उम्मेदवारहरु भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रेका छन्। उनीहरुले बुधबार बिहान दुई घण्टा सडक अवरुद्ध गरेका छन्।

भक्तपुर-नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर–नगरकोट सडक खण्ड सैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ साल कात्तिक ४ गते सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्र, नाली, पर्खाल निर्माणलगायतको २० प्रतिशत काम बाँकी राखेर सडक अलपत्र छाडेको छ।

भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते

जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

अब भक्तपुरलाई 'महानगरपालिका' बनाउँछौंः महेश बस्नेत

'महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन्,' उनले भने, 'अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो। जनताको जीवनस्तर उच्च बनाउने हो।'

इटा उद्योगीहरु भन्छन्ः गत वर्षकै आधा इटा बाँंकी छन्, यो वर्ष के गर्ने?

भारतीय मजदुरहरु विशेष गरेर इटाभट्टामा इटा पोल्ने, पोलिसकेको इटा बजारमा पठाउनका लागि इटाभट्टाबाट बाहिर निकाल्ने र बोक्नेलगायतका कार्यमा संलग्न हुन्छन्। काममा आउने सबैजना स्थानीयस्तरमै काँंचो इटाबाट अस्थायी टहरा (छाप्रो) बनाइ सिजनर काम गर्ने ठाउँमै बस्छन्।

चर्काे ब्याजवृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापनपत्र

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन् गर्दै ब्याजदरलाई वाञ्छित सिमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ।

भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण

भक्तपुर नगरपालिकाद्वारा वडा नं. को १ को वडा कार्यालयसँगै सञ्चालन गरिराखेको रहेको शिशुस्याहार केन्द्र बिहीबार स्थानान्तरण गरिएको छ। शिशुस्याहार केन्द्रको भाज्या पुखुको पश्चिमतर्फको आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।

तिहार नजिकिँदै गर्दा पटाका बरामद गरी नष्ट गरियो

तिहारमा बरुद्धपट्का पट्काउँदा हुने हानी नोक्सानी र मानिसहरुलाई अंगभंग हुनबाट बचाउन भक्तपुर नगरभित्रका पसलहरुमा बारुद्धपटका बेचविखन गरेको छ/छैन भनेर अनुगमन गरिएको थियो। संस्कृति मनाऔं, विकृति नफैलाऔं, बारुद्धपटका नपड्काऔं, अंगभंग हुनबाट बचाऔं भने भनाइलाई सार्थक बनाउन अनुगमन गरिएको समितिका संयोजक गोराले जनाए।

निर्वाचनमा विजयी भए सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने कार्कीको प्रतिबद्धता

गठबन्धनको सरकारले नै निर्वाचनपछि सत्ता सञ्चालन गर्ने अवस्था रहेको बताउँदै कार्कीले आफू विजय भएसँगै प्रदेश सरकारसँग यस क्षेत्रका स्थानीयको पहुँच पनि सहजता हुने र विभिन्न खालका योजनाहरु यस क्षेत्रले पाउने बताए।

महिला न्यायीक फैसला गर्छन्, एमालेलाई भोट हाल्छन्ः नेता बस्नेत

'मल ल्याउने केपी ओली की मल ल्याउन नसक्ने शेरबहादुर देउवा ठीक? उद्योग खोलेर रोजगारीको वातावरण सिर्जना गर्ने ठीक की उद्योग बेच्ने देउवा ठीक? विभिन्न प्रकारका बिना धितोका सफ्ट लोनको दिएर रोजगारीको वातावरण सिर्जना गर्ने ओली ठीक की अर्थतन्त्र नै चौपट्ट पार्ने देउवा ठीक?'

नेपाली काँग्रेसको पालामा भएको संसद विकास कोषको हिसाब देखाउन महेश बस्नेतको चुनौती

यसअघि भक्तपुर क्षेत्र नं २ बाट काँग्रेसले जित्दा आउने १६ करोड बजेट काँग्रेसले आफ्ना आसेपासेको लागि खर्च गरेको आरोप उनले लगाए। आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको उनले बताए। उनले आफूले गरेको खर्चकोबारे सम्पूर्ण तथ्यांक दिनसक्ने बताए।

मखमलीले ढपक्क ढाकेको गुन्डु (फाटोफिचर)

तिहार आउन अझै ६ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्।

महेश बस्नेतलाई विकासको चुनावी एजेण्डा देखाएर जनता नझुक्याउन थापाको चेतावनी

नेकपा एमालेको तर्फबाट उम्मेदवार महेश बस्नेतले भक्तपुरमा आफूले विकासको लहर ल्याइदिएको दाबी गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार दुर्लभ थापाले विकासको नाम दिएर जनतालाई झुक्याउने काम बन्द गर्न चेतावनी दिएका छन्।

‘भक्तपुरका सहकारी संस्थाहरु भाग्दैनन्’

‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएको उक्त संस्थाको साधारणसभामा संस्थाका सचिव महेशबहादुर धौबञ्जारले आर्थिक वर्ष २०७८/७९ मा संस्थाले गरेका र आर्थिक वर्ष २०७९/८० मा गर्ने योजनामा राखिएका गतिविधि कार्यक्रमबारे जानकारी दिएका छन्।

माटोको दियो बनाउँन व्यस्त कुम्हहरु (फोटोफिचर)

भक्तपुरको पोटरी स्क्वायरमा तिहारमा झिलिमिली पार्न परम्परागत माटोको दीयो (पाला) बनाउन थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्