२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेसको पालामा भएको संसद विकास कोषको हिसाब देखाउन महेश बस्नेतको चुनौती

नेकपा एमालेकोतर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले सांसद कोषबाट प्राप्त भक्तपुर क्षेत्र नं. २ को हिसाब किताब देखाउन काँग्रेस नेताहरुलाई चुनौती दिएका छन्।

यसअघि भक्तपुर क्षेत्र नं २ बाट काँग्रेसले जित्दा आउने १६ करोड बजेट काँग्रेसले आफ्ना आसेपासेको लागि खर्च गरेको आरोप उनले लगाए। आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको उनले बताए। उनले आफूले गरेको खर्चकोबारे सम्पूर्ण तथ्यांक दिनसक्ने बताए।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा बस्नेतले विगतको पाँच वर्ष भक्तपुरको उपस्थिति सिंहदरवार रहेता पनि अब सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने बताए। उनले आफूले नेपाली काँग्रेसकातर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभाका उम्मेदवार दुर्लभ थापालाई तेब्बर मतान्तरले पराजित गर्ने ठोकुवा गरे।

उनले गठबन्धनको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोपसमेत लगाए। उनले केपी ओेलीको प्रधानमन्त्रीत्वकालमा देशमा अभूतपूर्व विकास भएको तथा भक्तपुरमा समेत विकासको लहर आउनु नै आफ्नो जीतको आधार भएको चर्चा गरे।

उनले भक्तपुरमा आएको विकासको लहरलाई काँग्रेसले रोक्न खोजेको उल्लेख गर्दै गठबन्धन सरकार बनेपछि भक्तपुरको विकासमा अवरोध भएको जनाए। उनले भक्तपुरका विभिन्न अस्पताल र कलेजहरूमा कांग्रेसले आफ्ना आसपासेलाई नियुक्त गर्दै कमिशनको खेलमा डुबेको आरोप लगाए।

उनले आफूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकासका लागि ल्याएको योजना र बजेटको फेहरिस्त सुनाए। ती बजेट र योजनालाई गठबन्धन सरकारले कटौती गरी विकासमा बाधा पुर्‍याउने काम गरेको उनले चर्चा गरे।

भक्तपुर क्षेत्र नं २ मा काँग्रेस र नेमकिपाले यसअघि जीत हासिल गरेर संसदको यात्रा तय गरेको अवधिमा भएको विकास भन्दा आफ्नो एक कार्यकालमा भएको विकासको मूल्यांकन गर्न समेत उनले अनुरोध गरे।

प्रकाशित: ३१ आश्विन २०७९ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App