३ आश्विन २०८१ बिहीबार
image/svg+xml

इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन

अटेर गरी समयमा नबुझाउनेहरुलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ। भक्तपुरमा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरु रहेका छन्।

दशैँ नजिकिएसँगै भक्तपुरका मासु पसल अनुगमन

'मासु पसलको अनुगमनमा गर्दा मासुमा झिंगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र पञ्जाको व्यवस्था नगरेको पायौँ, उनीहरुलाई यो सबै व्यवस्था गर्न निर्देशन दिएका छौँ'

यी हुन् भक्तपुरे दसैंका विशेषता

नेपालीको महान् चाड दसैं सोमबारदेखि देशैभर सुरु हुँदै छ, तर देशैभरिको दसैंभन्दा फरक छ भक्तपुरको दसैं।

भक्तपुरको लामाटोलका घरघरमा निःशुल्क खानेपानी

आफैंले इटा, सिमेन्ट, डण्डी बोकेर बाटोबाट माथिसम्म पुर्‍याएर डकर्मीको सहयोगले उनीहरुले टयांकी बनाएका थिए। यसअघि उनीहरुले पानीको मुहानबाट टयांकीसम्म पानी पुर्‍याउन पहाडको जंगैलैजंगल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन विछयाएका थिए।

भक्तपुरको सुरक्षा अब चुस्तदुरुस्त हुन्छ: एसपी केसी

'स्थापनाकालदेखि जिल्ला र प्रहरी प्रशासनबीच सम्बन्ध सुमधुर थियो, त्यो सम्बध आगामी दिन पनि निरन्तर हुन्छ, उनले भने, प्रहरी प्रशाशनसँंग माात्रै होइन, स्थानीय, केन्द्र, प्रदेश सरकारसँंग पनि हामी सुमुधर सम्बन्ध अगाडि बढाइ जानेछौं।'

पुलुकिसी जात्रा हेर्न हजारौंको भीड

नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ। तर हिजोआज उत्श्रृंखल युवाहरु त्यही सुँड समातेरै पुलुकिसीसँंगै हिड्छन्। नगर परिक्रमा गराउने क्रममा सूर्यमढीको तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ।

भक्तपुरको एकैठाउँबाट तीनवटा मूर्ति चोरी

प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वैशाख ३ गते ठूलो मेला लाग्दछ। भक्तपुरको आदर्श भेलुखेलस्थित एउटा मन्दिरबाट तीनवटा मूर्ति चोरी भएका छन्।

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

'करिब आठ जनाको समूह आएका थिए तर घरभित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधैँ हामी सुत्ने कोठामा आएर मेरो पेस्तोल कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा खोजी गरे। तर उहाँलाई देखेनन्, मेरो जेठो छोरा आदेशसँगैको कोठामा सुतेको थियो, उ उठेर आएपछि एक जनाले उसलाई समाउन खोज्यो, अर्कोले त्यो होइन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए।'

डेंगु रोग नियन्त्रणका लागि र्‍याली

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भइ दरवारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी , तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनः दरवारस्कायरमै विसर्जन भएको थियो।

अरुको नाममा ट्रायल दिने पाँंच जना पक्राउ

विभिन्न मितिमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित नियन्त्रणमा लिइ लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जनाएको छ।

भक्तपुर २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए।

जितेरै ल्याए झनै खुसी

भक्तपुरस्थित एभरेस्ट बोर्डिङमा कक्षा ९ मा अध्ययनरत सार्थक घिमिरे आइसिसी टी-२० विश्वकप ट्रफीलाई नजिकैबाट नियाल्न पाउँदा निकै खुसी देखिए।

आठौँ पटक म्याद थपेको भक्तपुर-नगरकोट सडक दुई महिनाभित्र सक्न निर्देशन

'अन्तको काम छाडेर भए पनि यहाँ काम गर्नुस्, अबको दुई महिनाभित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनैपर्छ, नत्र नगरपालिका ठेक्का रद्द गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौँ,' म्यानेजर अधिकारीलाई निर्देशन दिँदै नगरप्रमुख खत्रीले भने, 'सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकैपटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइँदैन।'

‘भक्तपुरको अर्काे परिचय भ्रष्टाचारमुक्त नगर’

नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा कायम राख्न जनप्रतिनिधि र कर्मचारीहरुले प्रतिबद्ध भएर काम गर्नुपर्ने उनले बताए। नगरका पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न क्षेत्र र पेशाका नगरबासीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो एक सय दिनको कार्य प्रगति र उपलब्धीहरुबारे चर्चा गरेका थिए।

ख्वपमा नर्सिङको नयाँं भर्ना खुल्ने

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा यो वर्षदेखि पुनः नर्सिङमा नयाँ भर्ना खुल्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्