२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरको सुरक्षा अब चुस्तदुरुस्त हुन्छ: एसपी केसी

महानगरीय प्रहरी परिसर भक्तपुरमा हालै सरुवा भइ आएका नयाँं एसपी प्रजित केसीले भक्तपुरको शान्ति सुरक्षालाई अझ बढी सुव्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन्।

आफ्नो स्वागतमा भक्तपुर उद्योग वाणिज्य संघले बिहीबार गरेको कार्यक्रममा एसपी केसीले त्यसका लागि सवैको सहयोग आवश्यक भएको बताए। भक्तपुर उद्योग वाणिज्य संघसँंग पूर्वएसपीहरुले पनि राम्रो सम्बन्ध कायम गरी अगाडि बढेको आफूले पाएको बताउँंदै उनले आफ्नो कार्यकालमा पनि राम्रो सम्बधका साथ अगाडि बढाउने विश्वास दिलाए।

यसका लागि संघले प्रहरी प्रशाशनलाई चाहिने आवश्यक सहयोग, सरसल्लाह, सुझाब दिन उनले अनुरोध गरे। आफू भक्तपुर जिल्लाको नभए पनि भक्तपुरमा आएपछि भक्तपुर जिल्लाको सुरक्षा प्रदान चुस्तदुरुस्त गर्ने पहिलो दायित्व आफ्नो भएको चर्चा गर्दै उनले शान्ति सुरक्षा दिन स्थानीय संघसंस्था व्यक्ति र व्यक्तित्वहरुसँंग मिलेर अगाडि बढ्ने बताए। 'अझ बढी भक्तपुर जिल्लालाई के कसरी शान्ति सुरक्षादेखि लिएर अरु काममा पनि भन्ने मेरो पहिलो ध्यान हुनेछ,' उनले भने।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघले स्थापनाकालदेखि नै प्रहरी प्रशाशनसँंग सुमधुर सम्बन्ध स्थापना गरी अगाडि बढिरहेको इतिहास रहेको बताए। 'स्थापनाकालदेखि जिल्ला र प्रहरी प्रशासनबीच सम्बन्ध सुमधुर थियो, त्यो सम्बध आगामी दिन पनि निरन्तर हुन्छ, उनले भने, प्रहरी प्रशाशनसँंग माात्रै होइन, स्थानीय, केन्द्र, प्रदेश सरकारसँंग पनि हामी सुमुधर सम्बन्ध अगाडि बढाइ जानेछौं।'

संघ जिल्लामा मात्रै नभइ नेपालमा रहेका दुई सय ५० बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँंग राम्रो सम्वन्धका साथसाथै अष्टेलियादेखि एसियासम्म २४ राष्ट संलग्न भएको एसिया उद्योग वाणिज्य संघको पनि संघ सदस्य रहेको बताउँदै सबैसँंग राम्रो सम्बन्ध बनाइ अगाडि बढ्नु संघको विशेषता रहेको बताए। भक्तपुरमा सीसी क्यामरा जडान गर्न पनि परिसरको विशेष तत्वावधानमा सफलता मिलेको स्मरण उनले गरे। भूकम्प र कोरोनामा पनि प्रहरीसँंग मिलेर काम गरिरहको स्मरण उनले गरे।

कार्यक्रममा संघका सल्लाहकार एवं पूर्व अध्यक्ष केपी अवाल, वरिष्ठ उपाध्यक्ष रोशनीमैया धौबञ्जालगायतले पनि सहकार्यको आवश्यकतामाथि जोड दिए। कार्यक्रम अन्तर्गत परिचयात्मक कार्यक्रम पनि भएको थियो। साथै एसपी केसीलाई अध्यक्ष मानन्धरले मायाको चिनो पनि दिएका थिए। कार्यक्रममा संघका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ३० भाद्र २०७९ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App