१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार एउटा जरुरी सूचना जारी गरी इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु उक्त निर्वाचन पश्चात फिर्ता लैजान गरी असोज मसान्ससम्म नजिकको प्रहरी इकाइमा बुझाउन निर्देशन जारी गरेको हो।

अटेर गरी समयमा नबुझाउनेहरुलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ। भक्तपुरमा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरु रहेका छन्।

प्रकाशित: १४ आश्विन २०७९ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App