१० मंसिर २०८१ सोमबार
image/svg+xml

वन फडानी गरेको आरोपमा वडाध्यक्ष चौधरी नियन्त्रणमा

कोल्हबी नगरपालिका वडा नम्बर ५ का अध्यक्षलाई शनिबार डिभिजन वन कार्यालय सिमरा बाराले नियन्त्रणमा लिएको छ।

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।

बजेट अभावमा असुरक्षित डिभिजन वन कार्यालय कटारी

६ महिनाअघि नै सञ्चालनमा आएको अत्याधुनिक नवनिर्मित भवन बजेट अभावमा कार्यालय परिसर (कम्पाउण्ड) घेरबारसम्मगर्न नसक्दा असुरक्षित हुन पुगेको हो।

बिल मिलाएरै ३२ लाख अनियमितता

उक्त घटनामा संलग्न वन अधिकारीलगायतका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी संघसंस्थाका व्यक्तिसमेत संलग्न भएको पाइएपछि राष्ट्रिय सर्तकता केन्द्रले सरकारलाई आवश्यक कानुनी कारबाही अगाडि बढाउन सिफारिस गरेको छ।

पासोमा फसेको चितुवाको उद्धार

स्थानीयले बदेलका लागि राखेको पासोमा तिलौरी गाउँको बाणगंगा नदी छेउमा चितुवा फसेको थियो। पासोमा चितुवा परेको बारे स्थानीयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई जानकारी गराएका थिए।

नरभक्षी बाघलाई नियन्त्रण गर्न सीसीटीभी जडान

बस्ती क्षेत्रमा बाघ देखिएपछि क्यामेरा जडान गरेर बाघको खोजी गरिएको तिवारीले बताए। हिजोदेखि बाघ नियन्त्रणका लागि सात वटा हात्ती, नेपाली सेना, निकुञ्ज प्रशासन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी खटिएका छन्। बाघ बेला बेलामा बस्ती क्षेत्रमा देखिएकाले बाघलाई नियन्त्रणमा लिन परेको उनले बताए।

जंगली हात्तीको आतंकले रौतहट र सर्लाहीको उत्तरी क्षेत्रका बासिन्दा त्रसित

'सबैभन्दा बढी डर केटाकेटी र वृद्धवृद्धालाई भएको थियो। स्थानीय नागेन्द्र यादव भन्छन्, हात्तीको आतंकले धेरै मानिस रातभर राम्ररी सुत्न पाएका छैनन्।'

धरान उपमहानगरपालिकाले नकुहिने फोहाेर व्यवस्थापन गर्न सकेन

फोहाेर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ। यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो।

सालको काठसहित एक जना पक्राउ

‘हामीलाई घर घरमा लुकाइ रहेको काठ बारे सुराकी आयौ, हामीले सशस्त्र प्रहरीसँग समन्वय गरी छापा हान्ने काम जारी राखेका छौं’ उनले भने। मोतिपुर डाँडा क्षेत्रका विभिन्न घरहरुमा ठूलो मात्रामा अवैध काठ लुकाइ रहेको भन्ने खबर आएको सहायक वन अधिकृत स्यान्डील्यले बताए। छापा हान्ने काम अझै जारी छ।

इञ्जिनियरिङ अध्ययन नगरी बनाइएको पोखरी फुट्दा दोलखामा ५ घर क्षति, दुई बस्ती जोखिममा

‘हामी ठूला खाले पूर्वाधारमा मात्र वातावरणीय प्रभाव मूल्यांकनमा रकम छुट्याउँछौं’ उनले भने, ‘यस्ता स–साना योजनामा पनि वातावरण क्षेत्रमा त्यसले पार्ने असरबारे अध्ययन गर्ने कार्यक्रम राख्नु पर्ने ज्ञान यो घटनाले दिएको छ।’

सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

'विज्ञ टोलीले सल्लाघारी क्षेत्रको अनुगमन गरी जोखिमयुक्त २१ वटा रूख काटिएको छ, त्यस क्षेत्रमा अरू रुख पनि जोखिम रहेको कुरा आएको छ, स्कुल नजिक पनि त्यस्ता रूख छन् भन्ने कुरा आएको छ, यसबारेमा विज्ञ टोलीले निरीक्षण गरी त्यस्ता रूख भए अरु पनि काटिने छन्।'

जुडीबुटी खेती र भण्डारणको संयुक्त अनुगमन

डिभिजन वन कार्यालयले ताप्लेजुङमार्फत जुडीबुटी खेती विस्तार भण्डारणका लागि सेवाग्राहीलाई दिएको अनुदानको उपयोगिता र प्रभावकारिता बारे आइतबार स्थलगत अनुगमन गरेको छ।

सवइन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

एक लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित शहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ।

ताप्लेजुङ अस्पतालमा प्रवेश गरेको भालुलाई सुरक्षित बासस्थान छाडियो

ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको भालुलाई सुरक्षित बासस्थानमा छोडिएको छ।

सरकारी सम्पत्ति रातारात उठाईयो

सरकारी योजनामा बनाईएको संरचनालाई भत्काएर रातारात व्यक्तिले लगेको पाइएको छ। वीरेन्द्रनगर नगरपालिका–६ स्थित घण्टा घरसंगै जोडिएर बनाएको दिनेश स्मृती पार्कमा निर्माण गरिएको सामाग्रीहरु व्यक्तिले उठाएर प्रयोग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्