२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सरकारी सम्पत्ति रातारात उठाईयो

रोक्न पत्राचार गर्ने डिभिजन वन कार्यालय सुर्खेत।

सरकारी योजनामा बनाईएको संरचनालाई भत्काएर रातारात व्यक्तिले लगेको पाइएको छ। वीरेन्द्रनगर नगरपालिका–६ स्थित घण्टा घरसंगै जोडिएर बनाएको दिनेश स्मृती पार्कमा निर्माण गरिएको सामाग्रीहरु व्यक्तिले उठाएर प्रयोग गरेका हुन्।

व्यक्तिगत रुपमा प्रयोग बढ्न थालेपछि डिभिजन वन कार्यालय सुर्खेतले सरकारी सम्पती सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र समेत पठाएको थियो। घण्टाघर पार्कसंग जोडिएर बनाउन लागिएको स्मृती पार्कमा दिनेश स्मृती प्रतिष्ठानका अध्यक्ष मनदत्त न्यौपानले नै निर्माण गरिएको वालहरु भत्काएर लगेपछि वन डिभिजन कार्यालयले आपत्ती जनाएको हो।

प्रकृया नपुगी निर्माण भएको उक्त पार्क निर्माधिन अवस्थामै थियो। अहिले निर्माण कार्य रोकिएपछि प्रतिष्ठानकै अगुवाहरुले व्यक्तिगत प्रयोजनमा सरकारी सम्पत्ति लगेका हुन्। पाईलट दिनेश न्यौपानेको सम्झनामा डिभिजन वन कार्यालय सुर्खेतको सहयोगमा २०६७/०६८ मा अनुदान रकममार्फत् दिनेश स्मृती पार्क’ को संरचना बनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई डिभिजन वन कार्यालयले निर्माणमा प्रयोग भएको सामान लैजान थालेपछि रोक्नका लागि पत्राचार गरेको छ। डिभिजन वन कार्यालयका प्रमुख मुनबहादर रावतले प्रहरी कार्यालय सुर्खेतलाई सरकारी सम्पत्ति व्यक्तिगत प्रयोजनमा लैजाने कार्य भईरहेको हुँदा तत्काल रोक्नका लागि पत्रचार समेत गरेको थिए।

पार्कमा बनाइएका संरचना भत्काई ढुंगा, ईंटा र वालुवा झिक्ने क्रम नरोकिएको स्थानीयहरु बताउँछन्। गत आर्थिक वर्षमै प्राविधिक मूल्याकंन भै रकम भुक्तानी भैसकेपछि आफूखुसी संरचना भत्काएर लैजान नमिल्ने कार्यालयको भनाई छ। सरकारी निकायबाट योजना लिई बनाएको संचरना भत्काएर ब्यक्तिगत प्रयोगमा गर्न नहुने स्पष्ट छ।

पार्क निर्माण चरणमै हुँदा विवादित भई काम रोकिएको थियो। सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा जग्गा प्राप्तीको अधिकारको प्रकृया नपुराई पार्क निर्माण गर्न लागिएपछि चौतर्फी विरोधपछि निर्माण कार्य रोकिएको थियो।

‘सरकारी सम्पत्ति व्यक्तिले प्रयोग गर्न लगेको जानकारी आयो।’ डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले भने, कर्मचारी पठाएर स्थलगत हेर्दा लगेको देखिएपछि रोक्न प्रहरीसँग सहयोग मागेको हौं।’ पहिलो त्यहाबाट ढुंगा ईटा उठाएर लगेको र हामीलाई वनबाट पत्र आएपछि रोकेको सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले बताए।

प्रहरीमा बुझाइएको पत्र 

 

प्रकाशित: २ फाल्गुन २०७८ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App