२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सालको काठसहित एक जना पक्राउ

वन कर्मचारी र सशस्त्र प्रहरीको टोलीले छुट्टा छुट्टै २ स्थानमा छापा हानेर एक जना व्यक्तिसहित ७७ दशमलव ६६ क्युफीट सालको काठ बरामद गरेको छ। बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर डाँडास्थित ३ घरमा छापा हान्दा ६६ थान चिरान काठ र ४ वटा सालका गोलियासहित एक जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा स्थानीय सुन्जु क्षेत्री रहेका छन्। पक्राउ परेका क्षेत्रीको घरबाट ३ वटा गोलिया र चिरान काठ बरामद भएको डिभिजन वन कार्यालयका प्रवक्ता तथा सहायक वन अधिकृत मनद स्यान्डील्यले बताए। सहायक वन अधिकृत स्यान्डीलयको कमान्डका मोतिपुर सव डिभिजन कार्यालयका प्रमुख बिष्णु लामिछानेसहितको टोलीले थप २ स्थानीयको घरमा छापा हानेको थियो।

‘हामीलाई घर घरमा लुकाइ रहेको काठ बारे सुराकी आयौ, हामीले सशस्त्र प्रहरीसँग समन्वय गरी छापा हान्ने काम जारी राखेका छौं’ उनले भने। मोतिपुर डाँडा क्षेत्रका विभिन्न घरहरुमा ठूलो मात्रामा अवैध काठ लुकाइ रहेको भन्ने खबर आएको सहायक वन अधिकृत स्यान्डील्यले बताए। छापा हान्ने काम अझै जारी छ। पक्राउ परेका क्षेत्रीलाई वन एने अनुसार कारबाही प्रकृयाअघि बढाइएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवदीले बताए।

उता कपिलवस्तु कृष्णनगर नगरपालिका १२ हरिगवा समयमाईम मन्दिरमाको पछाडी बेवारिसे (८ गोलया) ६० क्युफिट सिसौको काठ बरामद गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल बिओपि. कृष्णनगर, सव डिभिजन वन कार्यालय ठाकुरापुरको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा बेबारिसे अवस्थामा १ लाख ८० हजार बराबरको काठ बरामद भएको हो। बरामद गरी सव डिभिजन वन कार्यालय ठाकुरापुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७९ १५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App