२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिद्धबाबामा सुरुङमार्गः आठ महिना बित्यो, ठेकेदार छानिएन

सहभागी भएका ९ वटा कम्पनीमध्ये ४ वटा चिनियाँ कम्पनी प्राविधिक प्रस्तावमा छनोट भएका थिए। छनोट भएका कम्पनी फस्र्ट हाइवे इन्जिनियरिङ कर्पाेरेसन, सिओभिइसी–सिआरइजिसी जेभी, चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र सिसिइसिसी–सिआरसिसी १४–सियुयान जेभी छन्।

२५ प्रतिशत सकियो नागढुंगा–नौबिसे सुरुङ

आयोजनाका अनुसार अहिलेसम्म मुख्य सुरुङतर्फ पाँच सय ७६ मिटर खनिसकेको छ। मुख्य सुरुङको काठमाडौंतर्फ दुई सय ८८ मिटर खनिएको छ। धादिङतर्फबाट पनि दुई सय ८८ मिटर सुरुङ खनिएको छ।

नागढुङ्गा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत

निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ।

नागढुङ्गा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो। अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

प्रतिबिम्बित अनुहारहरू र अन्त्यहीन संघर्ष

विदेशी सहायता ‘उद्योग’ का रूपमा फस्टाएको छ। यता राजनीतिक व्यापारीहरूका लागि सत्तामा पुग्ने र टिक्ने खेल पनि यही बनेको छ।

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना: निर्माण लक्ष्यअनुसार, अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति

नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको निर्माण कार्य कोभिड–१९ बाबजुद पनि लक्ष्यअनुसार नै निर्माण भइरहेको आयोजनाले दाबी गरेको छ।

भेरी–बबई आयोजना: सुरुङ परीक्षणबिनै निर्माण कम्पनीलाई उन्मुक्ति

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ भदौ १७ गते सुरुङको परीक्षणबिनै कार्यसम्पादन प्रतिवेदन स्वीकार गरेको औंल्याइएको छ।

जुम्ला जाजरकोट जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु

जाजरकोट सदुमरकाम खलंगादेखि पाँचकाटिया हुँदै कुशे ८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सम्मको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।

नागढुंगा सुरुङ मार्गः विस्थापित स्थानीयलाई व्यवस्थापन गर्न सरकारलाई निर्देशन

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङ मार्गमा परेर विस्थापित भएका स्थानीयहरुको माग अनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

सुरुङमार्ग पुनःनिर्माण हुने

आज भन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ।

कर्णालीमा सुरुङ मार्ग र केवुलकारलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा केवुलकार र सुरुङमार्ग निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समवेश गरिएको छ।

अझै अघि बढेन बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम

सडक मार्गका लागि २४ किलोमिटर सुरुङ बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने

सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए। यी तीनवटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ।

फेरि सुरुङमार्ग फ्लाइओभर र मेट्रो रेलको सपना

अघिल्ला अर्थमन्त्रीहरूले पनि यस्ता महत्वाकांक्षी सपना बाँडेका थिए। बजेटमा महत्वका साथ अघि सारिएका ती योजनाहरूले मूर्त रूप पाउनु त कता हो कता कतिपयको त विस्तृत परियोजना प्रतिवेदनको कामसम्म सुरु भएको छैन।

सिद्धबाबा सुरुङमार्गका लागि ग्लोबल टेण्डर

बहुप्रतिक्षित बुटवल पाल्पा सडकको सिद्धबाबामा सुरुङ निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले ४५ दिनको समय सीमा तोकेर आइतबार ग्लोबल टेण्डर आह्वान गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्