२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता आयोजना गरियो। कास्की जिल्ला जिमन्याष्टिक संघको आयोजनामा प्रथम गण्डकी प्रदेशस्तरीय जिमन्याष्टिक महिला तथा पुरुष प्रतियोगितामा महिला तथा तर्फ सीताकुमारी खड्का र पुरुष तर्फ रोशन पुन च्याम्पियन बनेका छन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकियो

निकै नै चाँसोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजनामा पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फको सम्पूर्ण काम सकिएको छ। विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रुपमा तयार भएको आयोजनाले बताएको छ। आपतकालीन अवस्थामा अब यो विमानस्थलबाट उडान र अवतरण गर्न सकिने भएको छ।

विकास योजनाको लागि क्लोज क्याम्प राख्ने छौंः नवनिर्वाचित मेयर धनराज

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले सपथ ग्रहणपछि पद बहालीसँगै काउन्ट डाउन सुरु हुने बताएका छन्। उनले आफ्नो काउण्टडाउनसँगै विकास योजनाको लागि क्लोजक्याम्प राख्ने स्पष्ट पारे। ‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं।’

पोखरा महानगरपालिकाः चुनौतीका चाङले घेरिएका छन् मेयर धनराज

स्थानीय तहको निर्वाचनमार्फत पोखराले धनराज आचार्यको नेतृत्वमा नयाँ टिम पाएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा विजयी भएका मानबहादुर जिसीको कार्यकाल सकिएपछि महानगर सम्हाल्ने जिम्मा आचार्यको काँधमा आइपरेको हो। क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगर पोखराले नयाँ नेतृत्व त पाएको छ, तर, पोखराभित्रका थुप्रै चुनौतीका चाङ आचार्य सामु ठडिएका छन्।

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँः आचार्य

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बनाएका छन्।

एमालेका थापालाई हराउँदै पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु विजयी

गएराति मध्यरातमा सम्पन्न मत गणनामा आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

५ हजार मत गणना गर्न बाँकी छँदै पोखराको मेयरमा धनराज विजयी

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्।

भारतीय पाहुनाको आगमनले पोखरामा चमक

पोखरामा पछिल्लो समय भारतीय सवारीमा आउने पर्यटकको भीडभाड छ। लेकसाइडको सडकमा सर्वत्र भारतीय पर्यटक देख्न सकिन्छ। कतिपय भारतीय मुक्तिनाथ दर्शन गर्ने निहुँमा आएका छन् भने नेपालसँग सिमा जोडिएका भारतीय सहरका पाहुना भने त्यहाँको गर्मि छल्न अहिले पोखरा आएका छन्। कोरोना संक्रमणले पछिल्लो दुइवर्ष कमजोर भएको भारतीय पाहुनाको आगमनमा अहिले उत्साहजनक वृद्धिले व्यवसायीले केही राहत महसुस गर्न पाएका छन्।

पोखराले ‘अटेरी’ लाई टेरेन

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्।

पोखराः ८६ हजार मत गन्दा धनराजलाई ३४ सय ४५ बढी

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४५ मत पुर्‍याएका हुन्।

पोखरामा धनराज ३३ सय ८७ मतले अगाडि

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता निरन्तर छ। सुरुदेखि नै अग्रता कायम राखेका उनले अर्का उम्मदवारको भन्दा अहिलेसम्म ३ हजार ३ सय ८७ मत बढी पाएका छन्।

पोखरा एमालेमा ‘घात–अन्तर्घात’

पृथ्वीसुब्बा गुरुङले जे चाहेका थिएनन्, त्यही भयो। पोखरामा दीपक पौडेलले मेयरमा पाएको टिकट खोसियो। कृष्ण थापालाई उम्मेदवार बनाइयो। पौडेलको टिकट खोसिएपछि गुरुङ समूहले थापालाई असहयोग गर्ने रणनीति बनाएको खगराज अधिकारी पक्षको आरोप छ।

एमालेभित्रै अन्तरघात भएको हो त?

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच लामो समयदेखि टकराव छ। बेलाबेला उनीहरुबीच अस्वस्थ प्रतिष्पर्धा चल्ने गर्छ। त्यो प्रतिष्पर्धा अहिले पनि उत्तिकै छ।

पोखराले पत्याएन स्वतन्त्र उम्मेदवारलाई

पोखरा महानगरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए अटेरी अभियानका गनेस पौडेल (खडकराज) ले। गनेस र बालेन्द्रको एउटै चुनाव चिह्न थियो-लौरो। तर, काठमाडौं महानगरमा बालेन्द्रको चर्चा र उनले पाएको मतको आकार झन्डै दोब्बर हुँदा पोखरामा पौडेलले भने उत्तिसारो मतदाताको सहानुभूति बटुल्न नसकेको अहिलेसम्म उनले पाएको मतसंख्याले पुष्टि गर्छ।

पोखरा महानगरः वडामा मिश्रित परिणाम

पोखरा महानगरका वडाहरुको मत परिणाम आउँदै गर्दा वडाहरुको विकासको लागि सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको संकेत स्पष्ट देखिन थालेको छ। पोखराका ३३ वडा मध्ये २० वडाको नतिजा आउने संघारमा छ। अहिलेसम्म मत परिणाम आइसकेका वडाहरुमा अध्यक्षमा एउटा दलका उम्मेदवारले जित हात पार्दा सदस्यहरुमा भने मिश्रित नजिता आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्