७ आश्विन २०८१ सोमबार
image/svg+xml

सहकारीले शेयर सदस्यको सम्पति लिलाम गर्नु अपराध : रजिष्टार पाण्डे

कार्यक्रममा सहकारी विभागका रजिष्टार डा.पाण्डेले सहकारी संस्थाहरुले शेयर सदस्यको आर्थिक उर्पाजनमा टेवा पुराउने हो भन्दै शेयर सदस्यको घर सम्पती लिलाम गर्नु अपराध सरह रहेको टिप्पणी गरे । उनले सहकारीको नाममा हुने अवान्छित आर्थिक गतिविधिहरु रोक्न समान प्रकृतिका सहकारीमा रहेको दोहोरो सदस्यता छिटै अन्त्य गर्ने बताए । सहकारी नियमलार्ई गर्ने बताए।

हब कोअपरेटिभ मार्फत् पहिलोपटक अन्तरसहकारी कारोबार सुरु

मुलुकमा पहिलोपटक सहकारी संस्थाहरूबीच कारोबार सुरु भएको छ। सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हब कोअपरेटिभ सर्भिसले बैंकहरूमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो।

हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु

सरकारको अनुदान सहयोगमा खोलिएका सहकारी पसल जिल्लाको कुनै गाउँमा नभएको र शुरुमा पसलमा सामान नभए पनि ‘पसल छ है’ भनेर देखाउनका लागि बोर्ड झुण्ड्याइएका थिए।

जिडिपीमा सहकारीको योगदान १५ प्रतिशत पुर्‍याउने लक्ष्य

राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजनामा यस्तो लक्ष्य राखिएको हो। अहिले जिडिपीमा सहकारीको योगदान करिब तीन प्रतिशत छ।

सहकारी रणनीति तयार : अन्तर-सहकारी कारोबार हुने

बैंकमा जस्तै सहकारीहरुबीच पनि अन्तर सहकारी कारोबार हुने भएको छ। राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजनामा एउटा सहकारीबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्ने व्यवस्था समेटिएको छ।

जग्गा कित्ताकाट फुकुवा

कित्ताकाट रोकिरहँदा ‘चोर बाटो’ बाट कारोबार हुन सक्ने जोखिम बढेपछि भूमि व्यवस्था मन्त्रालयले कानुनबमोजिम हुनेगरी कित्ताकाट खुला गरेको छ।

सहकारीमा एटिएम सेवा

सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवा शुरु गरेको छ। एटिएम सेवा शुभारम्भवका अवसरमा शनिबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सहकारीका सेवा प्रविधिमैत्री बन्दै गएकामा खुसी व्यक्त गरे।

सहकारीको ४३ करोड रकम अपचलन मुद्दाका फरार अध्यक्ष पक्राउ

नेपालगन्जस्थित सहकारी वित्तिय विकास संस्था लिमिटेडका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। संस्थाको ४३ करोड रुपैयाँ अपचलन गरेको मुद्दामा अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) ओम रानाले ४३ करोड रकम अपचलन गरेको मुद्दाका फरार प्रतिवादी चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।

रौतहटमा भारतीय मलको तस्करी, सहकारीको मलमा कालोबजारी

रौतहटमा रासायनिक मलको अभाव भएको छ । बजारमा मलखाद पाउन छाडेपछि अभावमा किसानहरु चिन्तीत बनेका हुन् ।

सहकारीले ताल संरक्षणसंगै व्यावसायिक माछापालन

लेखनाथ क्षेत्रका साना तालमा सहकारी संस्थामार्फत व्यावसायिक माछापालन सुरु गरिएको छ । केही सहकारीले आम्दानी लिईसकेका छन् ।

अथर्तन्त्रमा सहकारीको भूमिका बढाउने तयारी

अर्थतन्त्रमा सहकारीको भूमिका बढाउने सरकारले तयारी गरेको छ। मुलुकको नयाँ संविधान, २०७२मा सहकारीलाई अर्थतन्त्रको एक खम्बाका रुपमा परिभाषित गरिए पनि अपेक्षित रुपमा परिणाम दिन नसेको अवस्थामा सरकारले मुलुकको गरिवी निवारणको मुख्य आधारका रुपमा स्थापित गर्न लागेको हो।

कृषि महिला सहकारीलाई निःशुल्क जग्गा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक दम्पत्तीले कृषि महिला सहकारी संस्थालाई जग्गा प्रदान गरेका छन् । हलेसी कृषि महिला सहकारी संस्थाको भवन निर्माणका लागि स्थानीय जगत बहादुर बस्नेत र बिन्दामायाँ बस्नेतले ५ आना निःशुल्क जग्गा प्रदान गरेका हुन् ।

‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनामा नगरपालिका

‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनाको काम सुरु गरेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि सहकारीमा आवद्ध महिलाका लागि सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।

अस्पताललाई सहकारीले दियो स्वास्थ्य सामग्री

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले जनसेवा सामुदायीक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्