७ वैशाख २०८१ शुक्रबार
अर्थ

सहकारीले शेयर सदस्यको सम्पति लिलाम गर्नु अपराध : रजिष्टार पाण्डे

राष्ट्रिय र प्रदेश सहकारी पुरस्कार दाङका सहकारीलाई

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डाईभरटोलमा राष्ट्रिय सहकारी बैंकको ६७ औं शाखा कार्यालय स्थापना गरीएको छ । बैंकको शाखा कार्यालयको बुधवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र सहकारी विभागका रजिष्टार डा.टोक राज पाण्डेले संयुक्त रुपमा शुभारम्भ गरे ।  

कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले नगरपालिका क्षेत्रमा ५५ वटा बैंक तथा वित्तिय संस्थाको कार्यालय रहेको भन्दै लगानीका हिसावले तिलोत्तमा सुरक्षित रहेको बताए ।सहकारी बैंक र सहकारी संस्थाले लिने व्याजदरलाई घटाउनु पर्नेमा पनि उनले जोड दिए । कार्यक्रममा सहकारी विभागका रजिष्टार डा.पाण्डेले सहकारी संस्थाहरुले शेयर सदस्यको आर्थिक उर्पाजनमा टेवा पुराउने हो भन्दै शेयर सदस्यको घर सम्पती लिलाम गर्नु अपराध सरह रहेको टिप्पणी गरे । उनले सहकारीको नाममा हुने अवान्छित आर्थिक गतिविधिहरु रोक्न समान प्रकृतिका सहकारीमा रहेको दोहोरो सदस्यता छिटै अन्त्य गर्ने बताए । सहकारी ऐन नियमलार्ई कडाईका साथ पालना गर्नुपर्ने भन्दै उनले सहकारी सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको धारणा राखे  

रजिष्टार पाण्डेका अनुसार मुलुक भर ७३ लाख मानिस सहकारीमा आबद्ध रहेको २९ हजार ८८६ सहकारी संचालनमा रहेको, ८८ हजारले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बुद्धि गुरागाई डेपुटी जनरल म्यानेजर किशोर प्रसाद विमाली, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, संचालक माधवलाल देवकोटा,रामकृष्ण खाँण, सहकारी संघ रुपन्देहीका अध्यक्ष  भिम तुलाचन लगायतले बोल्दै सहकारीको मुल मर्मलाई विद्यालय स्त्तरबाटै चेतना जागृरित गराउनु पर्नेमा जोड दिए । शुभारम्भ कै दिन  तिलोत्तमाका ६७ औं शाखामा यस क्षेत्रका सहकारीले ४५ करोड बढी रकम जम्मा गरेको संचालक देवकोटाले जानकारी दिए ।

 राष्ट्रिय र प्रदेश सहकारी पुरस्कार दाङका सहकारीलाई

राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारीमा यो बर्ष दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ छनौट भई पुरष्कृत भयो । लुम्बिनी प्रदेशमा पनि दाङकै साना किसान लक्ष्मी सहकारी लक्ष्मीपुर उत्कृष्ट प्रदेश सहकारीका रुपमा छनोट भई पुरष्कृत भयो । प्रदेशमा नवलपरासीको सयपत्रि बचत तथा ऋण सहकारी पनि पुरष्कृत भयो । उत्कृष्ट सहकारीलाइ राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती,सहकारी विभागका रजिष्टार डा. टोक राज पाण्डे,तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।  

प्रकाशित: २८ माघ २०७७ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App