१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट थप एक पक्राउ

कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बुधबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ।

आफ्नो विकास प्रदर्शन गर्दै चीन

आगामी अक्टोबर १ तारिख चीनको राजधानी बेइजिङको केन्द्रभागमा रहेको थिआनआनमन स्क्वायरमा नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव भव्य रूपले आयोजना हुँदै छ। सन् १९४९ अक्टोबर १ तारिखका दिन जनगणतन्त्र चीन घोषणा भएको हो। चिनियाँहरू जनगणतन्त्र चीनलाई नयाँ चीन भन्छन्। हरेक वर्ष अक्टोबर १ लाई चीनमा राष्ट्रिय दिवस मनाइन्छ र यस अवसरमा ३ दिन सार्वजनिक बिदा पनि दिइन्छ।

कृषिलाई पछि पर्न दिन्नौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको विकासमा सरकारले सहयोग गर्ने बताएका छन्। ओलीले कृषि क्षेत्रलाई पछि पर्न नदिने प्रतिबद्धता जनाए। नेकपानिकट अखिल नेपाल किसान महासंघको पहिलो केन्द्रीय कमिटीले बुधबार राजधानीमा आयोजना गरेको शपथग्रहण कार्यक्रममा ओलीले यस्तो धारणा राखेका हुन्।

३५ वर्षमाथिको उपाधि विकासलाई

पोखरेली युवा खेलाडी विकास गुरुङले बुटवलका सञ्जयकुमार श्रेष्ठलाई पराजित गर्दै ३५ वर्षमाथिको उपाधि जितेका छन्। बिहान परेको सिमसिमे पानीले केही ढिलो गरी सुरु भएको प्रतियोगिताको चौथो दिन मंगलबार विकासले बुटवलका सञ्जयलाई पराजित गर्न धेरै लामो समय भने खर्चिएनन्।

बैंकबाट रकम ट्रान्सफर गरी ५३ लाख लुटपाट, महिलासहित १० जना पक्राउ

प्रहरीले कृषि विकास बैंकको रकम ट्रान्सफरगरी लुटापाट गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो ।

बालबालिकालाई पुरस्कार तथा सम्मान

बाल विकास समाजको २८ औं स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयका २६ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ।

डीडीसीका तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनालगायत १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने

फिनल्याण्ड र युएईले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएइ)का उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो।

९ लाखको योजनामा ४ लाख घुस

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका तत्कालीन प्रमुख र प्राविधिकले ९ लाखबराबरको काम सम्पन्न सिँचाइ योजनामा ४ लाख रुपैयाँ घुस लिएको खुलेको छ। सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका प्रमुख प्रकाश अधिकारी र सव इन्जिनियर सुधिर कुमार शाहले कालिञ्चोक गाउँस्थित सिरम्फु सिँचाइ योजनाको काम सम्पन्न गरेपछि उपभोक्ता समितिका पदाधिकारीबाट ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रारम्भिक बालविकासमा एकीकृत ऐन आवश्यक

सरकारले प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाहरूको सर्वाङ्गीण विकास गर्न एकीकृत बालअधिकार ऐन ल्याउनुपर्ने माग प्रारम्भिक बालविकासका लागि सासंदहरुको सहकार्य समन्वय समूह (ककस)का सदस्यहरूले बताएका छन्। ककसको मुख्य आयोजना र सेतोगुराँस राष्ट्रिय बालविकास सेवाको सहआयोजनामा काठमाडौंमा भएको नेपालमा प्रारम्भिक बालविकास प्रवद्र्धन पुस्तिका विमोचन कार्यक्रममा सांसदहरूले बालबालिकाको विकास गर्न गर्भावस्थादेखि ८ वर्ष उमेरसम्मको सर्वाङ्गीण विकासको जिम्मेवारी राज्यले गर्नुपर्ने आवाज उठाएका हुन्।

गाउँगाउँमा सवारी नगुड्ने सडक, खाद्यान्न बोक्न खच्चड र पिठ्यूँको भर

गाउँगाउँमा सडक पुगेका छन्। डोजरले जमिन धुँजा धुँजा पारेको छ। तर ती सडकमा कुनै सवारी गुड्दैनन्। सामान बोक्न खच्चड र पिठ्यूको भर पर्नुपर्छ।

पाइँदैन विनाश गर्न

अचेल विकासका नाममा विनाश गर्ने प्रवृत्ति बढेको छ। म कडा शब्दमा भन्ने गर्छु– विकासका नाममा विनाश गर्ने अधिकार कसैलाई छैन। तर देश संघीयतामा रूपान्तरण हुन लागेपछि विकासका नाममा विनाशका काम धेरैतिर भएका छन्। सडक बनाउने नाममा साविकदेखि राजकुला र अरु कुला बेमाखसँग मासिएका छन्।

राष्ट्रसंघमा विकासका विषयलाई नेपालले जोडदार रुपमा उठाउने

गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ।

सांसदका कुरा सुन्दैन सरकार

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले औषधि उपकरण खरिदमा अनियमितता गरेको उजुरी परेपछि संसद्को सामाजिक विकास समितिले मन्त्रालयसँग आवश्यक कागजात माग्यो। समितिले साउन पहिलो साता नै सामाजिक विकास मन्त्रालय र त्यस मातहतको स्वास्थ्य

राजनीतिक हस्तक्षेपले संकटमा

सरकारले पछिल्ला दुई वर्षमा मेडपाका लागि प्रतिवर्ष एक अर्ब रुपैयाँ हाराहारीमा बजेट छुट्याएको थियो। मेडेपको चौथो चरणअन्तर्गत सन् २०१३ देखि २०१८ सम्म तीन अर्बभन्दा बढी खर्च भएको थियो। मेडेप संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र अस्ट्रेयाली सरकारको सहयोगमा कार्यान्वयनमा आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्