१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने

निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ।

बहाव क्षेत्रमा बग्न नदिए आयोजना सञ्चालन गर्न नदिने

उत्तरगंगा जलविद्युत् आयोजनाको विवाद थप चर्कदै गएको छ। केही हप्ताअघि ऊर्जा मन्त्रालयले उत्तरगंगा नदीको पानी डाइभर्सन गरेर कालीगण्डकीमा खसाल्ने निर्णय गरेपछि रुकुमेली आन्दोलित भएका हुन्।

बुधबारदेखि काम गर्न दिने सहमति

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको निर्माण कार्य बुधबारदेखि नियमित हुने भएको छ। बेत्रावती फलाखुखोला जलविद्युत् सरोकार समितिले विभिन्न माग राख्दै निर्माणमा अवरोध गरेपछि काम ठप्प भएको थियो। समितिले वैशाख २२ गतेदेखि निर्माण कार्य रोकेका थिए।

‘भेरी–बबई डाइभर्सन संघीयतामा मोडल बन्न सक्छ’

राष्ट्रिय गौरवका आयोजना उत्साहजनक ढंगले सुरु हुन्छन्। त्यसले देशको आर्थिक विकासमा टेवा पु-याउने लक्ष्य लिएको हुन्छ। आयोजना सुरुवात हुँदा जनतामा त्यसले एउटा नयाँ उत्साह र जोस दिएको हुन्छ। तर, समयक्रमसँगै आयोजना कहिले सकिने हो भनेर प्रश्न सुरु हुन थाल्छ।

खाडीचौर–चरिकोट सडक दैनिक चार घन्टा बन्द

लामोसाँघु–जिरी सडकको चरिकोट खाडीचौर खण्ड आइतबारदेखि दैनिक चार घन्टा बन्द भएको छ। पहिलो प्याकेजको खाडीचौर–मुडे खण्डको ठेकेदार कम्पनीले आइतबारबाट सुरु गरेको कालोपत्रेको कामलाई प्रभावित नहोस् भनेर सडक विस्तार आयोजनाले दैनिक चार घन्टा सडक आवागमन बन्द गराएको हो।

हराभरा बन्दै बाँके र बर्दिया

सरकारको प्राथमिकतामा परेका आयोजनामध्येमा पर्छन्– बबई (बर्दिया) र सिक्टा (बाँके) सिँचाइ आयोजना। पश्चिम तराईका बाँके र बर्दियाका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु-याएर उत्पादन बढाउने अठोटका साथ यी आयोजना सुरु गरिएका हुन्। तर तीन दशक बित्दा पनि यी आयोजना पूरा हुन सकेका छैनन्। भारतीय हस्तक्षेप, बजेट र दक्ष जनशक्तिको अभावमै यी आयोजना बेलैमा बन्न नसकेका हुन्।

नमुना बन्दै भेरी–बबई डाइभर्सन

नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ– आयोजना कहिले पूरा हुन्छ ?

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे मात्र ६५ प्रतिशत

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रेको काम गर्ने समय एक महिना पनि बाँकी छैन। आयोजनाको म्याद यही जेठ १६ गते सकिने भए पनि मात्र ६५ प्रतिशत काम सकिएको छ।

निर्धारित समयभन्दा ६ वर्ष ढिलो बिजुली उत्पादन

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो।

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

३० प्रतिशत काम पूरा

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको ३० प्रतिशत काम सकिएको छ।

डिपिआर ढिलाइले निर्माण कार्य प्रभावित

सुदूरपश्चिमको अछाममा निर्माणाधीन बुढीगंगा जलविद्युत् आयोजनाको डिपिआर निर्माण ढिलाइले आयोजना प्रभावित भएको छ। आयोजनाको २०५२ देखि अध्ययन सुरु भएको थियो।

हेटौडा–सिन्धुली–चतरा राजमार्गको रुट अन्यौलमा

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग)को रुट सिन्धुली सरमुकाममा अन्यौल रहेको छ। तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलनचोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङकन भएको स्थानीय बताउँछन्।

बाँध बनाउन पुनः टेन्डर

तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेन्डर) आह्वान गरेको छ।

ठेकेदारले काम नगर्दा मध्य भोटेकोसी समस्यामा

आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरबाहीका कारण समस्यामा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्