१५ चैत्र २०८२ आइतबार
image/svg+xml
रमेश लम्साल


रमेश लम्सालका लेखहरु :

खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ। एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो। यो विवरण सन् २०१३ को हो।

दौडसँगै सरसफाइ अभियान ‘प्लगिङ’

स्विडिस भाषाको ‘प्लोका अप’ शब्दबाट ‘प्लगिङ’ नामाकरण गरिएको हो। ‘प्लोका अप’को अर्थ टिप्नु हो। फिल्ड म्याग नामक वेबसाइटका अनुसार यो शब्दको नामाकरणको श्रेय धावक तथा सोलोमन कम्युनिटी मेनेजर इरिक अल्स्सट्रोमलाई जान्छ। उनले स्टकहोममा दौड्ने क्रममा बाटोमा देखिएका फोहोरमैला संकलन गर्छन्।

सबैले रकम जम्मा गर्न पाउने

स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत कट्टी गरी जम्मा गर्न पाउने भएका छन्।

देशभर विद्युतीय सवारी चलाउने तयारी, ५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो। विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो। पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ।

ठेकेदारले काम नगर्दा मध्य भोटेकोसी समस्यामा

आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरबाहीका कारण समस्यामा परेको छ।

एक मुखले सदाचारी, अर्काे मुखले हुतिहारा !

“मन्त्रीको त्यति नजिकको मान्छे भएर पनि अहिलेसम्म केही पनि गर्न सकेको होइन। घरमा त्यत्रा मान्छेहरू काम नपाएर खाली बसेका छन्, अरुलाई जे भए पनि आफूले त कम्तीमा केही गर्नु नि, यस्तो मौका सधैँ कहाँ आउँछ ?” सधैँ मन्त्रीको वरिपरि रहने मेरो एक आदर्श दाजुका बारेमा गाउँमा यस्तै तीता कुराहरू बेलाबेलामा सुनिने गर्छन्। निर्वाचनको समयमा ज्यानै होमेर प्रचारप्रसारमा लागेका उनी आजभोलि भने गाउँघरमा “क्यारमबोर्ड” रोजगारका रूपमा चर्चित छन्।

लक्ष्य सहरमा घर–घडेरी!

फोटोग्राफीमा धेरै रुचि राख्ने मेरो एक जना मिल्ने साथी छ। नियमित कामबाट फुर्सद हुनासाथ ऊ विभिन्न गाउँ डुल्छ र ती गाउँहरूको अनुहार क्यामेरामा कैद गर्छ।

वैकल्पिक ऊर्जामा लगानी गर्नेलाई सहज

सरकारले ‘ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४’ लाई सञ्चालनमा ल्याएको छ ।

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल दुई सय ६ कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरूले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

अख्तियारले सोध्योः मेलम्चीको धुलो कहिले हट्छ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ।

व्यक्तिगत रुपमा समेत कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्न सकिने

कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ।

तालिमपछि पुनः निर्माणले गति लियो रसुवामा

पार्वतीकुण्ड–२, हाकुका ४२ वर्षीय सोनाम तामाङलाई भूकम्पले भत्काएको घर कसरी बन्ला भन्ने ठूलो चिन्ता थियो । हातमा सीप थिएन, घर बनाउन आवश्यक पैसा पनि थिएन । सरकारले दिने राहत रकमले घर बन्नेमा उनलाई विश्वास थिएन । किनकि निर्माण सामग्री आयात गर्नेदेखि काममा ज्यामी समेत पाउन मुस्किल छ । तर सोनामले सोचे जस्तो अप्ठेरो भएन गोरखा भूकम्पले भत्काएको घर बनाउन।

बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

नेपालमा पहिलोपटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो।

गौतम बुद्ध विमानस्थलको लक्ष्य : दैनिक साठी अन्तर्राष्ट्रिय उडान

भैरहवा- सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्