२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

कञ्चनपुर–२ मा मतगणना सुरु

सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।

झापा-५ मा २ बजेदेखि मतगणना सुरु हुने

यस क्षेत्रमा देशकै सबैभन्दा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ प्रधानमन्त्री पदका उम्मेदवारद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा छ।

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याइने भएको छ।

रुपन्देही-२ मा मतगणना सुरु

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डेलगायत चुनावी मैदानमा छन्।

डडेल्धुरामा चुनावी सरगर्मी: बिहान ८ बजेपछि गणना सुरु गर्ने तयारी

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानदेखि मात्र सुरु हुने भएको छ।

झापा–५ मा सर्वदलीय बैठक जारी: ‘हेभीवेट’ भिडन्तको नतिजा कस्तो आउला ?

झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मतगणना प्रक्रिया अघि बढाउन सर्वदलीय बैठक जारी छ।

चितवन-३ मा १:३० बजेबाट मतगणना गर्ने तयारी

चितवन-३ मा मुख्य प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ र नेकपा एमालेका शंकरराज थपलिया रहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा (मगर) लगायत चुनावी मैदानमा छन्।

चितवन- १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि

बिहीबार मतदान सम्पन्न भएलगत्तै बसेको सर्वदलीय बैठकले शुक्रबार बिहानबाट गणना थाल्ने निर्णय गरेको हो। बिहीबार शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा कुल ९६ हजार १ सय ५४ मत खसेको छ।

भक्तपुर-२ मा मतगणना थालियो

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री र राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटासहित चुनावी मैदानमा छन्।

सप्तरीका चारै क्षेत्रमा करिब ५५ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा करिब ५५ प्रतिशत मत खसेको छ।

सर्लाही–१ को मतगणना भोलि बिहानदेखि

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानदेखि सुरु गरिने भएको छ ।

चितवन-२ मा साढे १२ बजेदेखि मतगणना सुरु हुने

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसकी मीनाकुमारी खरेल, नेकपा एमालेका अस्मिन घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदीश्वर अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङलगायत चुनावी मैदानमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्