झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना आजै रातिदेखि सुरु हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वदलीय बैठकले राति २ बजेदेखि गणना कार्य सुरु गर्ने निर्णय गरेको हो।
यस क्षेत्रमा देशकै सबैभन्दा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ प्रधानमन्त्री पदका उम्मेदवारद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा छ।
यस्तै, नेपाली कांग्रेसकी मन्धरा चिमरिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला पनि चुनावी मैदानमा छन्। यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रञ्जित तामाङलगायत चुनावी मैदानमा रहेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०१:०८ शुक्रबार





