भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठक सम्पन्न भएसँगै भक्तपुर-२ को मतगणना सूर्यविनायक नगरपालिका वडा नम्बर ७ को मतदान केन्द्रबाट सुरु गरिएको हो।
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री र राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटासहित चुनावी मैदानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ००:१३ शुक्रबार





