४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

सप्तरीका चारै क्षेत्रमा करिब ५५ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा करिब ५५ प्रतिशत मत खसेको छ। जिल्लाका चार क्षेत्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कुल २ लाख ४९ हजार ८२२ मत खसेको छ।

सप्तरी–१ मा १ लाख १९ हजार ४३ मतदाता रहेकोमा ३५ हजार ४५५ महिला र ३१ हजार ९२९ पुरुष गरी ६७ हजार ३८५ मत खसेको छ।

सप्तरी–२ मा १ लाख ८ हजार २०९ मतदाता रहेकोमा ३३ हजार ११४ महिला र २८ हजार ८७३ पुरुष गरी ६१ हजार ९८७ मत खसेको छ।

त्यसैगरी सप्तरी–३ मा १ लाख ११ हजार ८७८ मतदातामध्ये ३२ हजार ७६४ महिला र २७ हजार ३६२ पुरुष गरी ६० हजार १२८ मत खसेको छ।

सप्तरी–४ मा १ लाख ९ हजार ५६६ मतदातामध्ये ३३ हजार ५८६ महिला र २६ हजार ७३६ पुरुष गरी ६० हजार ३२२ मत खसेको छ।

चारै निर्वाचन क्षेत्रको तथ्यांक हेर्दा अधिकांश क्षेत्रमा पुरुषभन्दा महिला मतदाताको सहभागिता बढी देखिएको छ। निर्वाचन सम्पन्न भएसँगै मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ २३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App