रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुरुमा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ बाट गणना थालिएको हो।
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डेलगायत चुनावी मैदानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ००:५६ शुक्रबार





