४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

झापा–५ मा सर्वदलीय बैठक जारी: ‘हेभीवेट’ भिडन्तको नतिजा कस्तो आउला ?

झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मतगणना प्रक्रिया अघि बढाउन सर्वदलीय बैठक जारी छ।

बिहीबार सम्पन्न निर्वाचनका मतपेटिका मतगणनास्थलमा ल्याइपुर्‍याइएपछि दलका प्रतिनिधिहरूसहितको बैठक बसिरहेकाे हो। बैठकले मतगणना सुरु गर्ने समय र प्रक्रियाबारे निर्णय लिनेछ।

यो क्षेत्रलाई यसपटकको निर्वाचनमा ‘इपिसेन्टर’ का रूपमा हेरिएको छ। भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका दुई ‘हेभीवेट’ नेताहरू एकै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएपछि झापा-५ को चर्चा चुलिएको हो।

यहाँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा देखिन्छ।

उनीहरूसँगै यस क्षेत्रमा नेकपाका रञ्जित तामाङ, नेपाली कांग्रेसकी मन्धरा चिमरियालगायत २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचन कार्यालयका अनुसार १ लाख ६३ हजार ३७९ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशतभन्दा बढी मत खसेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ००:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App