३ असार २०८१ सोमबार
image/svg+xml

महानगरको विकास र समृद्धिलाई मृगमरिचीको कथा बन्न दिने छैनः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख, सुनिता डंगोलले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण महानगरवासी र आम नेपालीमा शुभकामना व्यक्त गरेकी छिन्।

मेयर र उपमेयरलाई स्याबासी दिँदै कमल थापाले भनेः टुकुचामा पौडी खेलेको सम्झना आयो

‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ थापाले लेखेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

व्यवसायी दर्ता र करको दायरा बढाउने काममा सहजिकरण गरिन्छः उपप्रमुख डंगोल

उनले अहिले काठमाडौँ महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन्। उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताइन्।

उपमेयर डंगोलद्वारा बागमती सभ्यतालाई जाली तथा उपकरण हस्तान्तरण

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँको तर्फबाट काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौँका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गरेकी हुन्।

उपमेयर सुनिता डंगोलको सय दिनको १५ काम र १५ योजना सार्वजनिक

उनले भनेकी छन्, ‘सय दिनमा काठमाडौँ महानगरवासीबाट प्राप्त साथ, सहयोग, समर्थन रसकारात्मक सुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु।’

महानगरको अनधिकृत संरचना हटाउने अभियानमा मेरो समर्थन छ: उपमेयर डंगोल

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरले गरिरहेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी छिन्।

उपमेयर डंगोलद्वारा धुलिखेल अस्पताल अवलोकन

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।

सुशासनको मियोः पारदर्शिता

उपमेयर सुनिता डंगोलको सहयोगी व्यवहारलाई धेरैले मन पराए। पालिकाका बैठकदेखि फोहर व्यवस्थापनका लागि मेयर बालेनलाई बलियो साथ दिइन्। समाधानका उपाय खोज्ने प्रयत्न गरेकी छन्। एक असल, इमान्दार र उत्साही युवा जनप्रतिधिको भूमिका निर्वाह गरेकी छन्।

अब काठमाडौँ उपत्यकाको फोहोर राति मात्र ढुवानी हुने गरी १८ बुँदे सहमति

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।

शिक्षामा सुधारका लागि मेयर बालेनका ६ सूत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका ६ सूत्रीय योजना कार्यान्वयनमा ल्याउन महानगर शिक्षा विभागलाई निर्देशन दिएका छन्।

काठमाडौंबाट फोहोरको थुप्रो बोकेर गएको ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोके

काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र र स्थानीय बासिन्दाबीच सोमबार अबेर सहमति भएपछि काठमाडौंको फोहोर बोकेर पुगेका ट्रकलाईस्थानीयले राेकेका हुन्।

जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार होः सुनिता डंगोल

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छिन्। उनले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गरेकी हुन्।

भोट किन?

मिस नेवाः २०११ की विजेता एवम् नेकपा एमालेबाट काठमाडौँको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफू उपमेयरमा जितेपछि युवामैत्री समाज बनाउनेमा जोड दिने बताइन्। २९ वर्षीय डंगोलले आफू मिस नेवा भएर काम गर्दा भाषा र संस्कृतिप्रति मोह बढ्दै गएको जनाउँदै उनी संस्कृति अभियन्ताको रूपमा समेत काम गरी सकेको जनाइन्। यही बखत उनले सहरी योजना आयोजनामा बसेर काम गर्ने मौका पाएकी थिइन्।

‘राजनीतिलाई मैले अल्पकालीन यात्राको रूपमा लिएकी छैन’

‘उपमेयर पदको उम्मेदवारी दावी गर्दै गर्दा मेरा प्रष्ट भिजन लिएर अघि बढ्ने मैले योजना बनाएकी छु। मसँग सुन्दर र समृद्ध काठमाडौं बनाउने भिजन छ। मैले विदेश भ्रमणका सिलसिलामा त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु,’ उनी भन्छिन्, ‘म त्यो अनुभव यहाँ पनि लागु गर्न चाहन्छु। त्यो भिजनलाई पूरा गर्न हरेक युवाको साथ लिएर अघि बढ्ने छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्