७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेयर र उपमेयरलाई स्याबासी दिँदै कमल थापाले भनेः टुकुचामा पौडी खेलेको सम्झना आयो

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला भेटाएकोमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोललाई स्याबासी दिएका छन्।

थापाले सामाजिक सञ्जालमा बालेन र सुनितालाई स्याबासी दिँदै थापाले राम्रो साहसिक काम गरेको भन्दै टुकुचामा पौडी खेलेको स्मरण गरेका हुन्।

‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ थापाले लेखेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

प्रकाशित: ३१ भाद्र २०७९ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App