१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार होः सुनिता डंगोल

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छिन्। उनले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गरेकी हुन्।

मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकोले योग्य र मन परेको उम्मेदवारलाई भोट हाल्न आग्रह गरिन्। उनले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहीत रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताइन्।

उपमेयरकी उम्मेदवार डंगोलले भनिन्, ‘अधिकारको प्रयोग गरेर मत हालौँ। म पनि एकदमै उत्साहीत छु। मैले जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार हो।’ उपमेयरकी उम्मेदवार डंगोलले अबको केही दिनमा नै नतिजा आउने भएकोले संयमता अपनाएर बस्न र उचित उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गरिन्। स्थानीय तहको निर्वाचन आज देशभरका ७५० स्थानीय तहमा भइरहेको छ।

प्रकाशित: ३० वैशाख २०७९ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App