१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सडकमै पार्किङ:बौद्ध–जोरपाटी खण्ड अस्तव्यस्त

बौद्ध–जोरपाटी क्षेत्रमा पार्किङको मात्रै समस्या छैन, साँझ पर्न थालेपछि सडक छेउछाउमा ‘हाटबजार’कै आभास दिनेगरी ठेला व्यवसायीको भिड लाग्छ। त्यसले पनि सडक सुरक्षामा चुनौती थपिदिएको स्थानीय बताउँछन्।

सुनसरीको दुहवीमा बल प्रयोग गरेर घर-टहरा हटाइदैँ

६ लेन सडक विस्तारका क्रममा विराटनगर-धरान सडक खण्ड निर्माण अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर–टहरा भत्काउन थालिएको छ।

छ लेन सडक विस्तार: धरान बजारमा अन्यौल, दुहवीमा बजार क्षेत्र छाड्ने टुंगो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा धरानको बजार क्षेत्र सडक विस्तारमा अन्यौल भएको छ।

रिस उठ्ने चाबहिल – आरुबारी सडक(फोटो फिचर)

चाबहिल – आरुबारी सडक खण्डको महांकालचोकदेखि रामहितीसम्मको सडक पार गर्न सबैलाई उत्तिक्कै सास्ती छ।

सिरहाका सिमानाकामा फस्टाउँदै तस्करीः घुमुवा प्रहरी मिलाउँछन् सेटिङ

पछिल्लो समय सिरहामा घुमुवा प्रहरीसँगको सेटिङमा तस्करी बढेको छ। सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम फस्टाउँदो छ।

पोखरा–बागलुङ सडक खुलाउनै सकस

गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ ।

'सडक भासिए पनि यातायात अवरोध छैन'

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझैं सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ। सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उनले जानकारी दिए। दुई मिटर गहिराइसम्म सडक भासिएको छ।

गल्छी–त्रिशूली सडक खण्डमा एकतर्फी सवारी सञ्चालन

पुलमा क्षति पुगेपछि नुवाकोटको बट्टारबाट सदरमुकाम बिदुर आउने, रसुवा आउने तथा अन्य पालिकामा जाने सवारी साधन बिहान देखिनै रोकिएका थिए।

बर्खाको समयमा निर्वाध रूपमा सवारी सञ्चालन गर्नका लागि पूर्ण तयारी

पासाङ ल्हामु मार्गमा बर्खाको समयमा निर्वाध रूपमा सवारी साधन सञ्चालन गर्नका लागि पूर्ण तयारी गरिएको छ।

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ।

मैलुङ–स्याफ्रु सडक बर्खाभर सञ्चालन नहुने

नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्ड बर्खाभर सञ्चालनमा नआउने भएको छ। १७ किलोमिटरको यो सडकको विभिन्न स्थानमा पहिरो गएकाले बन्द भएको हो।

रसुवागढी नाका जोड्ने सडक खण्डको पोल सार्ने काम अन्तिम चरणमा

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको लागि पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ।

'ब्याक' गरेर किच्दा एक जनाको घटनास्थलमै मृत्यु

बस पर्खेर बसेका एक जना जेष्ठ नागरिकलाई धरान-इटहरी सडक खण्डमा आइतबार दिउँसो टिप्परले ब्याक गरेर किच्दा मृत्यु भएको छ।

स्याफ्रु–रसुवागढी सडक स्तरोन्नति हुन समय लाग्ने

कोरोना महामारीले काममा ढिलाइ भएको र टेलिफोन तथा फाइबर नेटवर्कको तार नसारिएको कारण ढिलाइ भएको हो। यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नहुँदा स्थानीयको अवरोध, भौगोलिक विकटता लगायत कारण काममा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्