१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बर्खाको समयमा निर्वाध रूपमा सवारी सञ्चालन गर्नका लागि पूर्ण तयारी

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नति गरिँदै । तस्बिरः हिमनाथ/नागरिक

पासाङ ल्हामु मार्गमा बर्खाको समयमा निर्वाध रूपमा सवारी साधन सञ्चालन गर्नका लागि पूर्ण तयारी गरिएको छ। बर्खा सुरु भएसँगै रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध गर्दै आएको छ। दैनिकजसो सडक अवरुद्ध हुने भएकाले पासाङ ल्हामु मार्ग तथा रसुवागढी नाका जोड्ने सडकमा आवश्यक सामग्री राखिएको छ।  

सडक खण्डको विभिन्न स्थानमा पहिरो गएर समस्या हुँदै आएकोले यस वर्ष पनि पूर्व तयारी गरिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। नुवाकोट र रसुवाको सडक खण्डलाई पाँच भागमा विभाजन गरेर एस्काभेटर, लोडर, टेलर र ट्रिपर राखिएको कार्यालयले जनाएको छ।

गल्छी मैलुङ सडक खण्डमा निर्माण व्यवसायीका मेसिन राखिएको छ। मैलुङ स्याफ्रु सडक खण्डमा सडक अवरुद्ध भएको भएपनि निर्माण व्यवसायीका सामग्री साइडमा नै रहेका छन्। स्याफ्रु रसुवागढी सडक खण्डमा एस्काभेटर, लोडर राखिएको छ। डिभिजन प्रमुख नारायणदत्त भण्डारीका अनुसार थप मेसिन आवश्यक परेमा भाडामा लिएर समेत काम गरिने छ।  

बेत्रावती धुन्चे स्याफ्रुबेसीं सडक खण्डमा मुलखर्कमा एउटा एस्काभेटर, धुन्चेमा लोडर, टेलर र ट्रिपर राखिएको छ। गुर्जे छहरे सडकमा लोडर र ट्रिपर राखिएको छ। अनुमानभन्दा पहिले नै वर्षा सुरु भएकाले सडक खुलाउनका लागि मेसिन औजार उपलब्ध हुन केही समय लागेको भएपनि सडक खुलाउने काममा निरन्तर लागिपरेको उनको भनाइ छ। साथै प्रहरिलाई घन छिनो गल साबेल आदि समग्री दिएको प्रमुख भण्डारीले बताए।

कोभिड–१९ को कारण सार्वजनिक सवारी साधन सञ्चालन नभएतापनि मालवाहक र अत्यावश्यक कामका लागि प्रयोग हुने सवारी निरन्तर सञ्चालन भइरहेका छन्।

प्रकाशित: १९ असार २०७८ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App