८ वैशाख २०८१ शनिबार
फोटो फिचर

रिस उठ्ने चाबहिल – आरुबारी सडक(फोटो फिचर)

काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित चाबहिल – आरुबारी सडक जीर्ण हुन थालेको छ। सडकका कयौं खण्डहरु खाल्डैखाल्डाले भरिन थालेका छन्।

चाबहिल – आरुबारी सडक खण्डको महांकालचोकदेखि रामहितीसम्मको सडक पार गर्न सबैलाई उत्तिक्कै सास्ती छ। सोही सडक खण्डमा लामो समयदेखि ट्याम्पु चलाउँदै आएकी तारादेवी तिम्सिना सो सडक खण्डको बिजोग भएको गुनासो गर्छिन्। ‘काठमाडौंको यो सडक सडकजस्तो छैन, पिङ खेल्दै जानुपर्ने अवस्थाको छ’ उनले भनिन्, ‘यो सडक देख्ने बित्तिक्कै मलाई त रिस उठ्छ नै ट्याम्पु चढ्नेहरु समेत रिसाउँछन्।’  

सडक बिग्रेको लामो समय भइसक्दा पनि मर्मतका लागि बेवास्ता गरेको स्थानीयको गुनासो छ। दैनिक हजारौं यात्रु ओहोरदोहोर हुनपर्ने सडक बिजोगले समस्या भएको स्थानीय बताउँछन्। सोही सडकका केही तस्बिरहरु :

तस्बिरहरु : हरिसुन्दर छुकां/नागरिक

प्रकाशित: ६ आश्विन २०७८ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App