११ असार २०८१ मंगलबार
image/svg+xml

सुक्खा पहिरोले खुर्कोट घुर्मि सडक खण्ड अवरुद्ध

बिहान करिब ४ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

बुटवल–पाल्पा सडक एकतर्फी रूपमा सुचारु

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदो सहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

बन्दै-भत्किँदै रोल्पाली योजना

‘वालहरु बन्छन्, भत्किँन्छन् अनि फेरि बन्छन्। मर्मत भइहाल्छ नि।’ उनले भत्किँएको वाल नयाँ नभइ पुरानो वाल रहेको भन्दै झुट समेत बोले। ‘नयाँ वाल भत्किएको हैन। पुरानो थियो त्यही भत्केको हो। अब तुरुन्तै त्यसको मर्मत हुन्छ।’

अवरुद्ध सुर्खेत–जुम्ला सडक खुल्यो

कालिकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि हिजो बिहानदेखि बन्द सडक खण्ड बिहान १०:३० देखि खुलेको हो।

मधेस प्रदेशमा तस्कर राज, सेटिङमा चम्कदै तस्करी धन्दा

तस्करीका सामानसहित माडर नाका क्षेत्रबाट भित्रिएको उक्त कारको प्रवेश लागत माडर भन्सारमा छैन्। गत्त आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको आधिकारिक रेकर्ड नभएको कार्यालयले जनाएको छ। यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाका बाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेकाे बोर्डर आउटपोष्ट माड्रले जनाएको छ।

साँफे मार्तडी सडकको बल्देमा वैकल्पिक मार्ग निर्माण सुरु

साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिज भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि काम सुरु भएको हो।

हुलाकी सडक निर्माण सुस्त

सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ। निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन्।

मझुवामा पहिरो गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

यसअघि पनि पहिरो बगेको उक्त ठाउँमा माथिबाट पहिरो खसेर सडक बन्द भएको हो। आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बिचमै रोकिएका छन्।

कोटेश्वर-कलंकी सडकखण्डः एनसेलद्वारा ग्रीन बेल्ट क्षेत्रमा संरक्षण गर्ने

एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको उच्च जोखिममा

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ। यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन्।

कालोपत्रे गर्न ठेक्का लाग्यो दोभान बहानन्दे र सुकेटार-काफ्लेपाटी खण्ड

२०८१ सालको पुस महिना भित्रमा निर्माण कार्य पूरा गर्ने सर्तमा दोभान-बहानन्दे सडक खण्ड कालोपत्रे हुनेगरी ठेक्का लागेको छ।

आँबुखैरेनी-मुग्लिन सडक: दुई घण्टाको फरकमा एकतर्फी सवारी साधन सुचारु

आँबुखैरेनी–मुग्लिन सडकखण्डमा एक तर्फी साना-ठूला सवारी साधन सुचारु भएका छन्। उक्त सडक खण्डको डम्पिङमा बाटो चौडा बनाउने काम भइरहेको छ।

कार र मोटरसाइकल त्रिसुलीमा खस्दा २ जनाको ज्यान गयो

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाईकल मस्र्याङ्दी नदीमा खसेको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते छन्।

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ६ तोपे खोलामा बिहान ८ः४५ समयमा माथिबाट सुख्खा पहिरो खस्दा दुवै तर्फि सडक अवरुद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्