३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मझुवामा पहिरो गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

गोरखा–आँबुखैरेनी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। आज दिउँसो साढे १२ बजे गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसअघि पनि पहिरो बगेको उक्त ठाउँमा माथिबाट पहिरो खसेर सडक बन्द भएको हो। आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बिचमै रोकिएका छन्।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा अहिले बाटो खुलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। ‘अहिले बाटो पूर्ण बन्द छ’ उनले भने ‘पहिलो पनि खसिरहेको छ।’

प्रकाशित: १७ श्रावण २०७९ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App