११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध: कार्यवाहक प्रधानमन्त्री खड्का

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन्।

भूकम्पपीडितलाई रिटर्नी एशोसिएसनको न्यानो सिरक

नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको नेपाल रिटर्नी एशोसिएसनले जाजरकोटका भूकम्पपीडितहरुलाई जाडोमा न्यानो कपडा र फाइबरको डबल न्यायो सिरक वितरण गरेको छ।

एकल महिलाका सवाल

नेपालमा एकल महिलाको संख्या बढेको छ। १० वर्षको बीचमा यो संख्या १.५ बाट ७.३ प्रतिशत पुगेको जनगणनाको तथ्यांकले पुष्टि गरेको छ। जसअनुसार नेपालमा २० लाख ४१ हजार ५ सय २० जना एकल महिला छन्।

जसपाका प्रदेश र राष्ट्रिय समिति पुनः गठन हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ।

पूर्व राजाबाट हैन, शीर्ष नेताकै कारण गणतन्त्र ‘खतरामा’, आजको प्रदर्शनी त्यसैको उपज

मानवअधिकारवादी अभियन्ता तथा नागरिक समाजका अगुवाहरूले केही एकाध नेताको कार्यशैली र प्रवृत्तिले गर्दा ‘लोकतन्त्र’ जोखिममा परेको टिप्पणी गरेका छन्।

माओवादीसँग एकताका लागि भट्टराई नेतृत्वमा समिति

नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकताका लागि बाबुराम भट्टराईको संयोजगत्वमा संयोजन समिति बनाउने निर्णय गरेको छ।

माओवादी र नेसपा मिलेर नेकपा (समाजवादी) हुने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकीकरण प्रक्रियामा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न तयार भएका छन्।

एकीकृत पार्टीको नाममा नेकपाबारे निर्णय लिन भोलि नेसपा बैठक

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको नेपाल समाजवादी पार्टी (नेसपा)ले एकीकृत पार्टीको नाममा नेकपा राख्ने कि नराख्ने भन्ने निर्णय लिन बैठक बोलाएको छ।

चुनावमा मत बिक्री भएमा राजनीति स्थिर हुन्न: सांसद् यादव

जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिन्छिन्।

अमेरिका–नेपाल सहयोगी समाजको बोर्ड अफ ट्रष्टीको सभापतिमा तिम्सिना

अमेरिका–नेपाल सहयोगी समाज (एएनएसएच) को बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित भएका छन्।

मिठाइदेवी विश्वकर्मालाई समाज सेवा पुरस्कार, १५ स्रष्टालाई सम्मान

११५औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सन्दर्भमा मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट मिठाइदेवी विश्वकर्मालाई सम्मान गरिएको छ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा

नेकपा एकीकृत समाजवादीले आगामी आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ।

सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ: नेत्री श्रेष्ठ

जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्छिन्।

प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्