४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अमेरिका–नेपाल सहयोगी समाजको बोर्ड अफ ट्रष्टीको सभापतिमा तिम्सिना

अमेरिका–नेपाल सहयोगी समाज (एएनएसएच) को बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित भएका छन्। 

एएनएसएचको बोर्ड अफ ट्रष्टीमा संस्थाकै पूर्व अध्यक्ष समेत रहेका तिम्सिना २०२३–२०२८ का लागि सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। गत नोभेम्बर ११ शनिवारका दिन देउसी भैलो कार्यक्रमको अवसरमा उनिसहित ७ जनाको समिति निर्वाचन समितिले घोषणा गरेको हो।

निर्वाचन समितिले सबैजना निर्विरोध निर्वाचित भएको घोषणा साथै सबैलाई सपथ ग्रहण गराएका थिए। नवनिर्वाचित सभापति तिम्सिनाले सबैलाई समेट्ने र संस्थाको गरिमालाई उच्च प्राथमिकताको साथै संस्थाको प्रवर्द्धन र सम्बर्द्धनमा अहम भूमिका निर्वाह गर्ने बताए। तिम्सिना अन्य संघ÷संस्थाहरु संग पनि आबद्ध रहेका छन्।

नवनिर्वाचित समितिमा उप सभापतिमा रोम ज्ञवाली ,सचिवमा उत्तम गौतम तथा कोषाध्यक्षमा मोहन बस्ताकोटी निर्वाचित भएका छन्। साथै समिति सदस्यहरुमा रोजिना रेग्मी, इन्द्र श्रेष्ठ तथा बाबु राम शर्मा निर्वाचित भएका छन्।

एएनएसएच अमेरिकाको भर्जिनिया राज्यको मनासस सहरमा सन् २००८ मा स्थापित उक्त संस्था अमेरिका भरि कै क्रियाशील गैर मुनाफा सामाजिक संस्था मध्ये कै अत्यन्तै क्रियाशील संस्थामा पर्दछ र मानिन्छ।

समुदायमा विभिन्न अद्वितीय काम गर्दै आएको यो संस्थाले समुदायमा विभिन्न कार्यक्रमहरू पनि निरन्तर गरि रहेको छ। सन् २०१५ मा नेपालमा गएको भूकम्पमा पनि संस्थाले राम्रो भूमिका निर्वाह गरेको थियो। भूकम्प गए पछि थुप्रै राहत सामाग्री लिई नेपाल पुगेको र संकलन भएको रकम नेपाली राजदुताबास मार्फत समेत भूकम्प पीडितलाई समेत सहायता गरेको थियो।

प्रकाशित: २७ कार्तिक २०८० ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App