४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्यपूर्वमा युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण

मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ। लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार थप आक्रमण भएको छ।

इजरायलले हिजबुल्लाहका एक सयभन्दा बढी रकेट लञ्चरलाई नष्ट बनाएको दावी गरिको छ।

इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार इजरायलमाथि आक्रमणका लागि तयारी अवस्थामा राखिएको ती रकेट लञ्चरलाई नष्ट बनाइएको हो। साथै दक्षिणी लेबनानमा रहेका हथियार गोदाम पनि आक्रमणमा नष्ट गरिएको बताइएको छ।

यसअघि हिजबुल्लाहका नेता हसन नसरुल्लाहले पेजर र वाकीटकी विस्फोटका लागि इजरायल जिम्मेवार रहेको भन्दै त्यसको जवाफी कारबाही गर्ने चेतावनी दिएका थिए। नसरुल्लाहको भाषणको क्रममै इजरायलले लेबनानमाथि आक्रमण गरेको थियो। आक्रमण पछि उनले यो युद्धको सङ्केत भएको बताएका छन्।

पेजर र वाकीटकी आक्रमणमा परी कम्तिमा ३७ जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका छन्।

गत वर्षको अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलसँग लेबनान र इरानबीच पनि तनाब बढ्दै गएको छ। हिजबुल्लाह इरान समर्थित समूह हो।

प्रकाशित: ४ आश्विन २०८१ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App