१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी र नेसपा मिलेर नेकपा (समाजवादी) हुने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकीकरण प्रक्रियामा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न तयार भएका छन्।

नेसपाका महासचिव रमेश यादवले अध्यक्ष भट्टराई एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न तयार भएका हुन्।

‘पार्टीको नामको विषयमा अध्यक्षलाई मनाउन हामी सोमबार राति ११ बजेसम्म बस्यौ,’ उनले भने,‘हाम्रो प्रयास सफल भयो। अध्यक्ष ज्यु एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न तयार हुनु भएको छ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकीकृत पार्टीको नाममा नेकपा शब्द हटाउन तयार छैनन्। तर भट्टराई भने यसअघि एकीकृत पार्टीको नाममा नेकपा शब्द हटाउनु पर्ने अडान राख्दै आएका थिए। पार्टी एकताका लागि वार्ता गर्न नेसपाको तर्फबाट गंगानारायण श्रेष्ठ तथा माओवादीको तर्फबाट कृष्णबहादुर महराले नेतृत्व गरेका छन्। 

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचन अघि नै नेकपा (माओवादी) र नेसपाबीच पार्टी एकीकरण गर्ने सहमति भएको थियो। त्यसलाई अन्तिमरुप दिन अहिले नेसपा केन्द्रीय समिति सुरु भएको छ।

प्रकाशित: ६ मंसिर २०८० ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App