२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकीकृत पार्टीको नाममा नेकपाबारे निर्णय लिन भोलि नेसपा बैठक

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको नेपाल समाजवादी पार्टी (नेसपा)ले एकीकृत पार्टीको नाममा नेकपा राख्ने कि नराख्ने भन्ने निर्णय लिन बैठक बोलाएको छ।

बुधबार देखि सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्न मंगलबार बसेको कार्यकारिणीको बैठकले नामका विषयमा टुंगो लगाउने भएको हो।

पार्टी स्रोतका अनुसार केन्द्रीय समितिको बैठकले पार्टीका अध्यक्ष बाबुराम भट्टराईकै नेतृत्वमा उच्च स्तरीय संवाद समिति बनाउने एजेन्डामा छलफल गर्ने छ। उक्त समितिले एकीकृत पार्टीको नाम, झन्डा, न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा टुंगो लगाउने भएको छ। केन्द्रीय समितिको बैठक काठमाडौँका जडीबुटीमा बस्ने भएको छ।

पार्टी स्रोतका अनुसार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एकीकृत पार्टीको नाममा नेकपा शब्द हटाउन तयार छैनन्। तर भट्टराई भने एकीकृत पार्टीको नाममा नेकपा शब्द हटाउन माग गरेका छन्। यस विषयमा नेसपाभित्रै विवाद उत्पन्न भएको छ। नेसपाका नेताहरू यस विषयमा भट्टराइलाई मनाउन प्रयास गरी रहेका छन्।

दुई पार्टीले गठन गरेको वार्ता समितिले एकीकृत पार्टीको नाममा नेकपा शब्द राख्ने कि नराख्ने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन। वार्ता समितिले टुंगो लगाउन नसके पछि यस विषयमा टुंगो लगाउन उच्च स्तरीय वार्ता समिति गठन गर्ने सहमति भएको छ। वार्ता एकता समितिमा नेसपाको तर्फबाट गंगानारायण श्रेष्ठ तथा माओवादीको तर्फबाट कृष्णबहादुर महराले नेतृत्व गरेका छन्। २०६८ सालको प्रतिनिधि सभाको निर्वाचन अघि नै नेकपा (माओवादी) र नेसपावीच पार्टी एकीकरण गर्ने सहमति भएको थियो।

प्रकाशित: ५ मंसिर २०८० १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App