३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मिठाइदेवी विश्वकर्मालाई समाज सेवा पुरस्कार, १५ स्रष्टालाई सम्मान

११५औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सन्दर्भमा मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट मिठाइदेवी विश्वकर्मालाई सम्मान गरिएको छ।

वर्ष २०७९ को रु एक लाख १० हजार राशिको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार विश्वकर्मालाई प्रदान गरिएको हो।उच्च अदालतका पूर्वमुख्य न्यायाधीश शेषराज शिवाकोटीले सम्मान अर्पण गरेका थिए। यसैगरी अग्रज स्रष्टा राजेन्द्र विमललाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले वर्ष २०८० को चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान अर्पण गरेका थिए।

सोही कार्यक्रममा स्व राजेश्वर नेपालीलाई प्रदान गरिएको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान उनका सुपुत्र जनप्रतिनिधि राघवेन्द्र साहले ग्रहण गरेका थिए। डा रामप्रसाद ज्ञवालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, सुलोचना मानन्धरलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा कृष्णराज चौधरी सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान, प्रा डा सावित्री कक्षपतिलाई पवित्रादेवी चौलागाईं मानवअधिकार स्रष्टा सम्मान, प्रा नवराज पाण्डेयलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान र मुकुन्द आचार्यलाई जोगमाया बराल स्रष्टा प्रदान गरिएको छ।

बाजुराम पौडेललाई भूमिप्रसाद बराल स्रष्टा सौगात, कमलादेवी हेमचुरीलाई जनककुमारी रेग्मी स्रष्टा सौगात, लीला रानालाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, मधुराज केरुङलाई राधादेवी दाहाल स्रष्टा सौगात, हंसावती कुर्मीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कारद्वारा सम्मानित गरिएको थियो।

श्रीनारायण दाहाल स्रष्टा सौगातद्वारा सम्मानित मधु शाही बस्नेत हुम्लामा रहेका  कारण उनका नातेदारले पुरस्कार ग्रहण गरेका थिए।उनीहरुलाई स्रष्टा अशेष मल्ल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईं, संस्थापक महासचिव सुवास ढकाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, सचिव रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्वकोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल र रामबाबु दाहालले पुरस्कार अर्पण गर्नुभएको थियो।शान्ति समाजले आज १५ जना स्रष्टालाई सम्मान गरेको हो।सबै पुरस्कारको राशि रु २० हजार रहेको शान्ति समाजलदे जनाएको छ ।

प्रकाशित: २४ कार्तिक २०८० १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App