मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु
शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५०भन्दा बढी घाइते भएका छन्।
शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५०भन्दा बढी घाइते भएका छन्।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
साउन १९ को राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालिकोटका तीनसहित १४ नेपाली बेपत्ता भएका थिए। तीमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला परेको छ।
प्रख्यात तीर्थस्थल वराहक्षेत्रको विकासमा नगरपालिकाले योजना बनाउने भएको छ। वराहक्षेत्र मन्दिर नगरको सबैभन्दा विकट क्षेत्र १ नं. वडामा पर्छ ।यसको सरसफाई, भौतिक संरचनाको काम, थप विकास र अन्य सरोकारवाला निकायसँग सहकार्य एवम् समन्वय गरेर पर्यटकलाई थप आकर्षण गर्न नगरपालिकाले योजना बनाएर अघि बढ्ने वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए।
हिन्दुस्तानका कुनै अमुक स्थानबाट शरणार्थीका रूपमा नेपालका विभिन्न भागमा प्रवेश गरी यहाँका स्थानीयसँग घरजम गरेर बसेका र कालान्तरमा मौका पाई शासक बन्न पुगेका शासकहरूले आफूलाई ठकुरी भन्न रुचाए।
पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका-१ को आँपटारी चोकदेखि देवघाट जाने बाटाको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।
भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।
आमा दिवङ्गत हुनेहरुले आज यस पवित्रस्थलमा स्नान गरेर पिण्डदान गर्दा आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ। आमा हुनेहरुले पनि आमालाई लिएर यस तीर्थको दर्शन गरे पुण्य प्राप्ति हुने बताइन्छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको सेवाका लागि पौवा र नाभिस्थानमा पर्यटन सूचना केन्द्रको स्थापना तथा सञ्चालन भएको छ भने पादुकामा खुल्ला मूर्ति संग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको छ।
थ्रीफेज बिद्युत लाइन व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरण बिद्युत बितरण केन्द्र ताप्लेजुङमार्फत प्रकृया प्रारम्भ भइसकेकोले यहिँ साता लिफ्टिङ प्रविधिबाट पम्पिङ प्रणालीमार्फत पाथीभरामा पानी पुर्याउने योजनाको परीक्षण हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए।
टावरमा अरिँगालले गोलो लगाएका कारण काठमाडौँको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएपछि प्राधिकरणले मान्छे लगाएर अरिङ्गालको गाेलाे पोलेको छ।
ग्रिडका प्रमुख विनोद लोहनीका अनुसार मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न समस्या भएको हो।
तत्कालका लागि आवास, खाना र चियाको मूल्य निर्धारण गरिएको छ। निर्धारित मूल्य अनुसार धाम क्षेत्रदेखि अथिति गृह सम्मको क्षेत्रमा सादा खाना (दाल, भात, तरकारी) को मूल्य जनही ३ सय रुपैयाँ र चिया प्रतिकप ३० रुपैयाँ कायम गरिएको छ। अथिति गृहमा भने आवास शुल्क जनही एकसय रुपैंया तिनुपर्ने हुन्छ।
कालिकोट र बाजुराको सिमामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ।