२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टावरमा रहेकाे अरिँगालको गाेलाे पोलेपछि मर्मतको काम सुरु

टावरमा अरिँगालले गोलो लगाएका कारण काठमाडौँको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएपछि प्राधिकरणले मान्छे लगाएर अरिँगालको गाेलाे पोलेको छ। ग्रिडका प्रमुख विनोद लोहनीका अनुसार तीन जना मान्छे लगाएर उक्त अरिँगालको गाेलाे पोलिएको हाे।

उनले हाल पोल्ने काम सकेर मर्मत साभारको काम सुरु गरिएको बताए। उनले अबको केही बेरमै मर्मत सकिने बताएका छन्। अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न समस्या भएको थियो।

५० मिटर जति उचाइमा रहेको सो टावरमा ३ जनाले सो गोलो पोलेका थिए। '३ नै जनाले राम्रो सँग काम गर्नुभयो, पारिश्रमिक पनि हामीले भने जति नै दियौ। अब १/२ घन्टामा मर्मत पनि सकिन्छ। यो नबनेको खण्डमा लाखौं रुपैयाँ स्लिप हुन्थो।' उनले नागरिकन्युजसँग भने। 

प्रमुख लोहनीले अरिँगालको गोलोका कारण काठमाण्डौको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको बताए। मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मुख्य ठाउँ) जडान गर्न समस्या भएपछि प्राधिकरणले अरिँगाल पोल्ने मान्छेको समेत खोजी गरेको थियो।

प्रकाशित: ८ आश्विन २०७९ १४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App