१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

देवघाटमा ढुंगेधारा निर्माण

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका-१ को आँपटारी चोकदेखि देवघाट जाने बाटाको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।

बागमती प्रदेश सरकारको लगानीमा ढुंगेधारा निर्माण गरिएको हो। आर्थिक वर्ष २०७९/८० को कार्यक्रमअन्तर्गत करिब २१ लाख रुपैयाँको लागतमा ढुंगेधारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौडाका इन्जिनियर हरिराम पौडेलले बताए।

उनका अनुसार कार्यालयले हेटौडा र चितवन दुवै जिल्लामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्छ।

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका-१ को आँपटारी चोकदेखि देवघाट जाने बाटाको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।

ढुंगेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ। यो क्षेत्रमा खानेपानीको धारा नहुँदा यात्रु र वन्यन्तुले सहज रूपमा पानी खान पाएका थिएनन्।

‘यो बाटो प्रयोग गर्ने बटुवा, मर्निङ वाकमा जाने स्थानीय र मलामीलाई खानेपानीको अभाव थियो, इन्जिनियर पौडेलले भने,‘ढुंगेधारा निर्माणपछि बाँदर लगायतका वन्यजन्तुले पनि पानी खान पाउनेछन्।’

आँपटारी चोकदेखि देवघाटसम्मको बाटोमा कहीं पनि पानीको व्यवस्था नभएका कारण ढुंगेधारा निर्माण गरिएको उनले बताए।

ढुंगेधारा निर्माणपछि यात्रुले मूलको पानीले प्यास मेटाउन पाउने छन् भने देवघाटको पवित्र जल लैजान पाउने छन्। ढुंगेधारामा मूर्ति निर्माण लगायतका केही काम निर्माण गर्न बाँकी रहेको उनले बताए।

ढुंगेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ। यो क्षेत्रमा खानेपानीको धारा नहुँदा यात्रु र वन्यन्तुले सहज रूपमा पानी खान पाएका थिएनन्।

ढुंगेधारामा काठमाडौंबाट ढुंगा ल्याइएको हो भने मकवानपुरका कालीगढले काम गरेका हुन्। इन्जिनियर पौडेलका अनुसार यो चितवनकै पहिलो र एकमात्र ढुंगेधारा हो।

खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौडाका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठले प्रदेश सरकारले नियमित रूपमा ढुंगेधारा निर्माणको काम अघि बढाएको बताए। उनले यो आवमा पनि मागका आधारमा विभिन्न क्षेत्रमा ढुंगेधारा निर्माण गरिने बताए।

कार्यालयले भक्तजनलाई नै लक्षित गरेर आँपटारी र देवघाटमा सार्वजनिक शौचालय निर्माण गरिसकेको बताए।

देवघाट क्षेत्रमा नियमित रूपमा मर्निङ वाक गर्दै आएका युवा व्यवसायी चन्दन अग्रवालले ढुंगेधारा निर्माणपछि निकै खुसी लागेको बताए। उनले भने, ‘यो क्षेत्रमा पानीको निकै समस्या थियो, ढुंगेधारा निर्माणपछि पानीको समस्या समाधानसँगै आकर्षक समेत देखियो। उनले ढुंगेधाराले नेपालको परम्परा र संस्कृति जोगाउने भन्दै यसले देवघाटधाममा आउने भक्तजनलाई आनन्द प्रदान गर्ने बताए। उनले सो क्षेत्रमा रहेका बाँदर र गाईलाई दैनिक रूपमा खानेकुरा दिंदै आएका छन्। ढुंगेधाराले मानिससँगै वन्यजन्तुको प्यास मेट्ने उनले बताए। योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले ढुंगेधाराले देवघाटको सांस्कृतिक महत्वलाई थप टेवा प्रदान गरेको बताए।  

प्रकाशित: ३ श्रावण २०८० ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App