१० मंसिर २०८१ सोमबार
image/svg+xml

ट्रंकलाइन तथा डेडिकेटेड विवाद छानवीन समितिमार्फत दीर्घकालीन रुपमा अन्त्य होस्ः महासंघ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौताको विषयमा सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णयलाई स्वागत गरेको छ।

डोजर चलाएको विरोधमा इलेक्ट्रिक रिक्सा व्यवसायी आन्दोलित

इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।

कानुन समितिले माग्यो नेपाल र भारतबीचको सम्झौता

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले नेपाल र भारत बीचको सम्झौता उपलब्ध गराउन निर्देशन दिएको छ।

लोकल दूध भन्दै तराईका दूध बेच्दै

केही डेरी उद्योग तथा किसानले पोखराको स्थानीय दूध भनेर झुक्याउँदै तराईका दूध बेच्ने गरेको पाइएको छ।

उपमहानगरले रिक्सा नष्ट गरेपछि चालकहरू आन्दोलनमा (तस्बिरसहित)

कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले डोजर चलाए पछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।

स्विस महासङ्घका लागि नेपाली राजदूत सुवेदीले गरे ओहोदाको प्रमाणपत्र प्रस्तुत

बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष एमहेर्डसमक्ष मङ्गलवार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

‘अवैध’ इलेक्ट्रिक रिक्सामाथि उपमहानगरको डोजर

रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।

सिटिजन्स बैंक डिबेञ्चर योजना नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनल बीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।

भेरी अस्पतालमा बिचौलिया: निःशुल्क उपचारका नाममा पैसा असुल्ने पक्राउ

गहतराजले अप्ठ्यारोमा परेका र आर्थिक रूपले कमजोर भएका बिरामीलाई आफूले अस्पतालमा बसेर निःशुल्क रूपमा उपचार कार्यमा सहयोग गर्दै आएको कुरा अर्जुनलाई बताए। त्यसपछि अर्जुनले गहतराजको सहयोग लिने मनसाय बनाए।

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

नेपाल भारोत्तोलन संघको आयोजनामा मंगलबारदेखि भक्तपुरमा २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ।

राष्ट्रिय बेसबल फाइभ बुधबारदेखि

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा नेपालमा पहिलोपटक राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप हुने भएको छ।

राष्ट्रिय भलिबल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

वीरेन्द्रनगरमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

इन्जिनियरिङ परिषदद्वारा दर्तावाला इन्जिनियरको दरखास्त आह्वान

नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको दरखास्त आवेदन आह्वान गरेको छ।

लोक्ता सङ्कलनमा कानुनी अड्चन, घट्दै छ नेपाली कागजको उत्पादन

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ। तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन।

जलवायु परिवर्तन सम्बोधनमा राजनीतिक प्रतिबद्धताको खाँचो

जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजनीतिक नेतृत्व र प्रतिबद्धता नभएसम्म अन्य निकाय र संयन्त्रले मात्र यो चुनौती सम्बोधन गर्न सम्भव छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्