१० असार २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

नेपाल भारोत्तोलन संघको आयोजनामा मंगलबारदेखि भक्तपुरमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ।

प्रतियोगिता २६ गते बिहीबारसम्म हुनेछ। अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियन भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियमअनुसार प्रतियोगिता सञ्चालन भएको जनाइएको छ।

प्रतियोगितामा विभागीय टोली र देशभरका गरी दुई सय ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए। प्रतियोगिताले देशभरका खेलाडीको प्रदर्शनमा थप सुधार हुने अपेक्षा पनि गरेको अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: २५ पुस २०८० ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App