२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रिय बेसबल फाइभ बुधबारदेखि

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा नेपालमा पहिलोपटक राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप हुने भएको छ।

संघले बाग्मती प्रदेश बेसबल संघको सहआयोजनामा दुईदिने प्रतियोगिता गर्न लागेको हो। सो प्रतियोगिता बुधबार र बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। सो प्रतियोगिताको तयारी पनि पूरा भएको संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिएका छन्।

नेपालमा सन् २०२३ देखि खेल्न सुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो। पहिलो संस्करणमा सातवटा प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक टोलीमा आठ जना खेलाडी र दुई अफिसियल गरी कुल १० जना सदस्य रहनेछन्। सो टोलीमा दुई जना महिला खेलाडी अनिवार्य हुनुपर्नेछ। पाँच जनाको प्लेइङ सेटमा भने एक महिला खेलाडी अनिवार्य गरिएको संघले जनाएको छ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। डब्लुबिसिएसीको नियमअनुसार पाँच इनिङको खेल हुनेछ। प्रत्येक समूहका दुईवटा टोलीलाई सुपर राउन्ड रोबिन गराइनेछ। त्यहाँबाट सेमिफाइनल र फाइनल खेलाइने संघले उल्लेख गरेको छ।

प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टोलीले १० हजार रूपैयाँ पाउनेछन्। संघका अध्यक्ष दीपक न्यौपानेले सातवटै प्रदेशका टोलीलाई प्रदेश छनोटबाट राष्ट्रिय प्रतियोगितामा समावेश गरिएको बताए। उनले बेस्ट अफ फाइभ भनेको ग्लोभ्स र ब्याटको आवश्यकता नहुने उल्लेख गरे।

प्रकाशित: २५ पुस २०८० ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App