२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक डिबेञ्चर योजना नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनलबीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।

१० वर्ष अवधि तथा १० प्रतिशत वार्षिक व्याजदर भएको डिबेन्चर (सिआइजेडबिडी नाइन) को कुल ३० लाख कित्ताको सूचीकरण गर्ने सम्बन्धी सम्झौता भएको हो।

सम्झौता अनुसार क्रमसंख्या एकदेखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य हजार रूपैयाँ रहेको छ। कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड मार्फत् खुला बिक्री आह्वान गरेको थियो।

यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपालस्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएकोे छ।

प्रकाशित: २५ पुस २०८० ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App