१९ असार २०८१ बुधबार
image/svg+xml

सर्लाहीमा जङ्गली हात्तीले घर भत्कायो

हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्‍याएको छ। बस्तीमै हात्ती आएर क्षति पुर्‍याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।

छत्तीस लाख नगद र सुनसहित सर्लाहीबाट दुई जना पक्राउ

स्रोत नखुलेको ठूलो परिमाणमा नगद तथा सुनको गहनासहित सर्लाहीमा दुई जना पक्राउ परेका छन्।

३६ लाख नगदसहित दुई युवक पक्राउ

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख रुपैँया नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मधेसलाई सुख्खा प्रदेश घोषणाको माग

किसानलाई पर्याप्त मलखादको व्यवस्था गर्न, बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न, सिंचाइको सुविधाको लागि डिप बोरिङ गर्न तथा सिंचाइको अन्य वैकल्पिक व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई निःशुल्क विद्युतको व्यवस्था गर्न जसपाले सरकारसँग माग गरेको छ।

टिपरले किच्दा सर्लाहीमा एक पुरुषको मृत्यु

ठक्कर दिएपछि मोटरसाइकलचालक साह लडेका थिए। लडेर घाइते भएको साहलाई टिपरले ब्याक गरी कुल्चेर मारेको स्थानीयबासीले आरोप लगाएका छन्।

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा एक युवकको मृत्यु

सर्लाहीको धनकौल गाउँपालिका २ स्थित नयाँ रोड मधुवनी सडक खन्डमा उत्तरबाट दक्षिणतर्फ गिटी लोड गरी जान्दै गरेको ना ७ त नम्बरको ट्रयाक्टरले मानपुर बिर्तातर्फ आउँदै गरको बिआर ३० क्यु ४१०२ नम्बरको भारतीय मोटरलाई ठक्कर दिँदा मोटरसाइकलमा सबार युवक गम्भीर घाइते भएका थिए।

पाठ्यपुस्तक विना परीक्षा दिँदै विद्यार्थी

सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन्।

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व संकलन

जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब ५२ करोड ८२ लाख राजस्व संकलन गरेको छ।

सर्लाहीमा कुकुरले १६ जनालाई टोक्यो

सर्लाहीको हरिवनमा कुकुरले १६ जनालाई टोकेको छ। हरिवन नगरपालिका वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा ६ जनालाई छाडा कुकुरले टोकेको हो।

देउवा र दाहालकाे निर्णयविरुद्ध उम्मेदवार बनेका अधिकारी भारी बहुमतले विजयी

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको तर्फबाट गठबन्धनमा सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगर प्रमुखको उम्मेदवार पाउने सहमति भएको थियो।

सर्लाहीमा नेपाली कांग्रेसको वर्चस्व

सर्लाहीका अधिकांश पालिकामा नेपाली कांग्रेसको वर्चस्व देखिएको छ। बुधबार दिउँसोसम्म १२ स्थानीय तहको नतिजा सार्वजनिक भएकोमा ९ पालिकाको परिणाम नेपाली कांग्रेसको पक्षमा गएको छ।

सर्लाहीको कौडेनामा फेरी गोली चल्यो

सर्लाहीको कौडेनामा कृषिमन्त्री पुगेपछि स्थानीयले होहल्ला गर्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

सर्लाहीको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला

सर्लाही जिल्लाको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला खटाइएको छ। वैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनावको लागि सर्लाहीको दुई मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म र सुरक्षाकर्मी पनि महिला नै खटाइएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्