coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाहीको कौडेनामा फेरी गोली चल्यो

सर्लाहीको कौडेनामा कृषिमन्त्री पुगेपछि स्थानीयले होहल्ला गर्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। कार्यकर्ता भेटघाटको क्रममा कौडेनामा शनिबार कृषिमन्त्री महेन्द्र यादव पुगेपछि माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुले हुल हुज्जत गर्न खोजेका थिए।

कृषिमन्त्री यादवमाथि ढुंगामुढा हुने सम्भावना बढेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरेको र स्थिति नियन्त्रणमा आइसकेको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले बताएका छन्। सर्लाहीमा शुक्रबार मतदानको क्रममा पनि कौडेनामा स्थिति तनाव ग्रस्त बनेको थियो।

११ नगरपालिका र ९ गाउँपालिकासहित २० स्थानीय तह रहेको सर्लाहीको धेरै ठाउँमा मतगणना सुरु भएको छ। जिल्लाको १५ स्थानीय तहको मतगणना सुरु भइसकेको एसपी पोखरेलले जानकारी गराएका छन्। यसैबीच सर्लाही सदरमुकाम मलंगवाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। 

प्रकाशित: ३१ वैशाख २०७९ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App