२१ असार २०८१ शुक्रबार
image/svg+xml

सर्लाही र रौतहटमा १२ हजार सुरक्षाकर्मी चुनावका लागि परिचालित

स्थानीय तहको चुनावको लागि सर्लाही र रौतहटमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको छ।

निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन, सक्रिय बन्दै निर्वाचन कार्यालय

रौतहट र सर्लाही जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ। निर्वाचन आचारसंहिताको धेरै पक्षमा उल्लंघन भएको आलोचना बढेपछि निर्वाचन कार्यालय बल्ल सक्रिय बन्न थालेको छ।

सर्लाहीमा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीमा एउटा टैंकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने एक जना युवक घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने आमा–छोरा रहेका छन्।

शक्ति प्रर्दशन गर्दै मनोनयन दर्ता (तस्बिरमा)

सर्लाही र रौतहटमा उत्साह पूर्वक दलहरुले उमेदवारी दर्ता गराएका छन्। दुबै जिल्लाका विभिन्न दलहरुले दलबलका साथ शक्ति प्रदर्शन गर्दै सम्बन्धित पालिकामा मनोनयन दर्ता गराएका हुन्।

चुनाव लड्न विद्यालय प्रधानाध्यापकले दिए राजीनामा

वैशाख ३० मा हुन गइरहेको पालिका चुनावमा उम्मेदवार हुन सर्लाहीका एक प्रधानाध्यापकले राजीनामा दिएका छन्।

सर्लाही र रौतहटमा गरी ३८ पालिकामा निर्वाचन कार्यालय स्थापना

सर्लाही र रौतहटमा एक साथ निर्वाचन कार्यालयहरु स्थापना भएका छन्। सर्लाहीको २० र रौतहटको १८ पालिका गरी ३८ पालिकामा एकै साथ निर्वाचन कार्यालयको स्थापना गरिएको छ।

बक्यौता माग गर्दै उखु किसानले चिनी उद्योगको रोके निकासी

सर्लाहीका उखु किसान चिनी उद्योगविरुद्ध आन्दोलनमा उत्रिएका छन्। नगद उपलब्ध गराउँछु भनेर किसानसँग उखु किनेको चिनी मिलले दुई महिनाभन्दा बढी भइसक्दा पनि रकम उपलब्ध नगराएपछि बक्यौता माग गर्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन्।

नयाँ वर्षमा पनि सुनसान नाढीमन तर गुल्जार छ भरत ताल

सर्लाहीमा रहेका दुई ताल अहिले चर्चामा छन्। सर्लाहीको पुरानै तालको रुपमा रहेको नाढीमन ताल विशाल भएर पनि खासै पर्यटक नआउँदा उदास छ भने भरत तालमा बिहानैदेखि पर्यटकको चाँप छ।

पैसा पाउन बालकको हत्या गरेको मुख्य आरोपीको बयान

सर्लाहीको मलंगवामा अपहरणपछि हत्या गरिएको काण्डको मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

धनको लोभमा आफन्तद्वारा बालकको अपहरणपछि हत्या

सर्लाहीको मलंगवामा एक अबोध बालकको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले गहन अनुसन्धान थालेको छ।

सर्लाहीका एसपी प्रसाईँ तानिए प्रधान कार्यालय

नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी कृष्णप्रसाद प्रसाईँ प्रहरी प्रधान कार्यालय तानिएका छन्।

दश किलो गाँजासहित सर्लाहीमा एक युवक पक्राउ

सर्लाहीको विष्णु गाउँपालिका २ स्थित नदिया पकडी जाने बाटोमा नेपालबाट भारततिर मोटरसाइकलमा गइरहेका युवकबाट दश किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

जग्गा दाता दम्पत्तिको विद्यालयमा सालिक अनावरण

सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरमा सञ्चालित श्रीमती माइरानी मिक्चन माध्यमिक विद्यालयलाई जमिन उपलब्ध गराउने मिक्चन दम्पत्तिको सालिक अनावरण गरिएको हो।

पुल बन्ने भएपछि सर्लाही र रौतहटमा खुसी

सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्