७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दश किलो गाँजासहित सर्लाहीमा एक युवक पक्राउ

दश किलो गाँजासहित सर्लाही प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। सर्लाहीको विष्णु गाउँपालिका-२ स्थित नदिया पकडी जाने बाटोमा नेपालबाट भारततिर मोटरसाइकलमा गइरहेका युवकबाट दश किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।  

बिआर ३० डब्लु ५४६४ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततिर जाँदै गरेका सर्लाहीको कौडेना गाउँपालिका २ का २४ वर्षीय विकास राउतलाई प्रहरीले पक्राउ गरेको हो। मोटरसाइकलको पछाडि सेतो बोराभित्र प्रतिबन्धित लागू औषध गाँजा लुकाएर भारततिर गइरहेको अवस्थामा राउतलाई नियन्त्रणमा लिएर हो। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

 

प्रकाशित: ३ फाल्गुन २०७८ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App